संसदका तीनवटा समितिको बैठक बस्दै | Khabarhub Khabarhub

संसदका तीनवटा समितिको बैठक बस्दै


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

विधायन समितिमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ भने दिगो व्यवस्थापन समितिमा दिगो विकास लक्ष्य नम्बर ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा अन्तर पार्टी महिला सञ्‍जालसँग छलफल गरिनेछ । दिगो विकास र विधायन समितिको  बैठक दिउँसो १ बजे बस्नेछ ।

यस्तै, शिक्षा समितिमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँग छलफल हुने संसद सचिवालयले जनाएको छ । बैठक बिहान साढे १० बजे बस्नेछ । 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : २८ बजे

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

पोर्ट सुडान – सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका