आजको फलफूल तथा तरकारीको मूल्यसूची | Khabarhub Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ४०, भारतीय गोलभेडा सानो ३५, टनेल गोलभेडा सानो ३८, लोकल गोलभेडा सानो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानीय ८० रुपैयाँ तथा आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ४०, घिरौला ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ, बन्दा लोकल ७०, गाँजर १२०, मूला सेतो ९०, मूला रातो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली २५०, कागती १८० रुपैयाँ तथा भिण्डी ५०, निगुरो ८०, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ ,लोकल काँक्रो ९०, अदुवा प्रतिकेजी १५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४००, केरा दर्जनको १४०, अनार ३००, नासपाती ७०, एभोकाडो २००, कालो अंगुर ४५०, हरियो खुर्सानी अकबरे १५०, रहु माछा ३५०, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०, परबर ६०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ७०, लसुन हरियो २५०, रूख कटहर ९०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा १५०, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला १२०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकुन्दर ८०, निबुवा ६०, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १० : ३९ बजे

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा