मीड सोलु हाइड्रोपावरले भदौ २८ देखि आईपीओ खोल्ने | Khabarhub Khabarhub

मीड सोलु हाइड्रोपावरले भदौ २८ देखि आईपीओ खोल्ने


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मीड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्न लागिएको हो ।

सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागिएको हो ।

यस आईपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज ११ गतेसम्म खुला रहनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा ९.५ मेगावाट क्षमताको ‘मध्य सोलु खोला जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि नियमित विद्यतु उत्पादन गर्दै आएको जानकारी गराएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १२ : ३० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका