चिनियाँ राजदूतको भनाइप्रति सांसद शुक्लको आपत्ति « Khabarhub

चिनियाँ राजदूतको भनाइप्रति सांसद शुक्लको आपत्ति


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । 

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले चीनले नेपालको अन्य देशसँग सम्बन्धमा बोलेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उक्त विषयलाई संसदमा गम्भीर रुपमा उठाउँदै लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले चिनियाँ राजदूतलाई जवाफ दिएका छन्। चिनियाँ राजदूतको भनाइलाई नोटिसमा लिएर पनि परराष्‍ट्र मन्त्रालय मौन बस्नु उचित नभएको टिप्पणी पनि उनले गरेका छन्।

उनले चिनियाँ राजदूतको अभिव्यक्तिले कूटनीतिक सीमा नाघेको कुरा नेपाल सरकारले नोटिसमा लिएको र थप प्रक्रियामा अघि बढ्नेमा आशावादी रहेको भन्दै उनले १० हजार मेगावाट विजुली भारतलाई बेच्ने सम्झौताको कार्यान्वयन भए मुलुकलाई कति नाफा हुन्छ भन्ने पनि हिसाब पनि सुनाएका थिए। 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १ : ३१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको