‘मामाघर अनाथालय’लाई सहयोग गर्ने मन्त्री आचार्यको प्रतिबद्धता « Khabarhub

‘मामाघर अनाथालय’लाई सहयोग गर्ने मन्त्री आचार्यको प्रतिबद्धता


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ललितपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ‘मामाघर अनाथालय’लाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

गोदावरी नगरपालिका–१४ बाँडेगाउँस्थित मामाघर अनाथालय आश्रममा भइरहेको श्रीमद्भागवत कथा श्रवण गर्दै मन्त्री आचार्यले अनाथ बालबालिका, असहाय महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र सशक्त नागरिकको संरक्षण तथा सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताए ।

अनाथालयको उद्घाटन गर्दै मन्त्री आचार्यले गोदावरी नगरपालिका–३ र १४ वडासित पनि अनाथालयलाई सहयोग गर्न आग्रह गरे । पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले सो अवसरमा अनाथालयलाई रु १० हजार दान गरे । हिन्दु धर्मबारे नयाँपुस्तालाई बुझाउन आवश्यक रहेको उल्लेख गर्दै उनले सनातन धर्मलाई जोगाउनु अतिआवश्यक भएको बताए ।  

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  २ : २१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको