कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडियो : अध्यक्ष लिङ्देन « Khabarhub

कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडियो : अध्यक्ष लिङ्देन


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाएका छन् । कर्णालीका सम्भावनालाई चुनावी ‘एजेन्डा’ मात्र बनाएको बताउँदै उनले राष्ट्रिय प्रजातन्त्र पाटीले अवसर पाए कर्णालीका अनेकौँ सम्भावनाको ढोका खोल्ने दाबी गरे । 

सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूहरूले सत्ता केन्द्रित राजनीति नगर्ने बताएका छन् । पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा राप्रपाले कोशी सरकारमा सहभागी हुन केन्द्रमा पनि केही मन्त्रालयको माग गरेको भन्ने समाचारमा सत्यता नरहेको बताउँदै उनले राप्रपा सरकारमा जान आतुर नभएको र राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने बताए । 

पछिल्लो समय सरकारले भ्रष्टाचारका फाइल खोलेको भए पनि अनुसन्धानले तीव्रता नपाएको उनको भनाइ थियो । उनले भने, ‘सरकारले भ्रष्टाचारका फाइल खोल्दा र अनुसन्धान गर्नका लागि हाम्रो पार्टीका १४ सांसदको साथ चाहिए दिन तयार छौँ ।’ सोच र कार्यशैलीमा नवीन, राप्रपा अब नवीन राप्रपा भन्ने कार्ययोजना अनुसार सुर्खेतमा हुने कार्यकर्ता प्रशिक्षणका लागि राप्रपा अध्यक्षसहितका नेताहरू आज सुर्खेत आएका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ५ : ०१ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार