बिदाइ तथा स्वागतमा भोजपुरे खुकुरी उपहार « Khabarhub

बिदाइ तथा स्वागतमा भोजपुरे खुकुरी उपहार


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

टक्सार– पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरीका लागि प्रसिद्धि कमाएको जिल्ला हो । यहाँ आउने र जाने जो सुकै कार्यालय तथा सङ्घसंस्थाका कर्मचारीलाई भोजपुरे खुकुरी दिएर स्वागत तथा बिदाइ गरिने प्रचलन छ । 

व्यवसायीको छाता संस्था उद्योग वाणिज्य सङ्घ भोजपुरले जिल्लामा आउने अतिथि तथा विभिन्न निकायका प्रमुखलाई भोजपुरे खुकुरी दिएर स्वागत तथा बिदाइ गर्ने प्रचलन नै बनाएको कार्यालय सचिव मीना कार्कीले बताए । भोजपुर खुकुरीका लागि प्रसिद्धि कमाएको जिल्ला भएको बताउँदै कार्कीले भने, ‘भोजपुरको चिनो नै बनिसक्यो भोजपुरे खुकुरी, यसले नेपालमा मात्र होइन विदेशमा पनि ख्याति कमाएको छ, उद्योग वाणिज्य सङ्घले त स्वागत र बिदाइमा नै खुकुरी उपहार दिन्छ ।’

जिल्लामा स्वागत तथा बिदाइमा मात्र नभएर कर्मचारीले आफूलाई प्रयोग गर्न र साथीका लागि भोजपुरे खुकरी किन्ने गरेको वर्षौंदेखि सदरमुकाममा खुकुरीको व्यवसाय गर्दै आएका उर्मिला आरण उद्योग भोजपुरका सञ्चालक हिरालाल श्रेष्ठले बताए। ‘विगतमा द्वन्द्वका कारण केही समय खुकुरी उद्योगहरू पनि धराशायी बनेको थियो तर अहिले व्यवसाय सहजरूपमा सञ्चालन आएको छ’, उनले भने ।

भोजपुरमा बाहिरबाट घुम्न आउनेले ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छरे नि १’ भन्दै सोध्ने गरेको बताउँदै व्यवसायी श्रेष्ठले भने, ‘कुनै कार्यालयमा कर्मचारीको सरुवा हुँदा खुकुरीको नै माग आउने गरेको छ । खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालीगडको अभावका कारण समस्या भने देखिने गरेको छ । सजावटका लागि यहाँ बन्ने खुकुरी नेपालका साथै बाहिरी मुलुक बेलायत, अमेरिका, फ्रान्सलगायतमा पनि ढुवानी हुने गरेको छ । 

सरकारी कार्यालयमा माथिल्लो निकायबाट अनुगमन तथा निरीक्षणका साथै लेखा परीक्षणमा आउने कर्मचारीलाई पनि बिदाइका क्रममा भोजपुरे खुकुरी दिएर बिदाइ गर्ने गरिएको छ । कर्मचारी मिलन केन्द्रका सचिव प्रकाश खड्का केन्द्रबाट हुने हरेको बिदाइमा भोजपुरे खुकुरी नै उपहारस्वरूप दिइने गरिएको बताए। खड्काले भने, ‘हामी त अन्य सामाग्री प्रयोग गर्दैनौँ, कार्यालय प्रमुख तथा कर्मचारीहरूका लागि प्रसिद्धि पाएको भोजपुरे खुकुरी नै दिन्छौँ ।’

भोजपुरमा विसं १९६५ देखि खुकुरीको व्यवसाय सुरु भएको इतिहास छ । विसं २०२७ मा राजा महेन्द्र भोजपुर आउँदा स्थानीय आरन शिल्पकार सिंहबहादुर विश्वकर्माले भोजपुरे खुकुरी उपहार दिएको बताइन्छ । उनको खुकरी बनाउने कला देखेर राजा महेन्द्रबाट रु एक हजार बक्सिस मिलेकाले सोही समयदेखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी व्यवसायीको भनाइ छ ।  

जिल्लाको दाँवा, कोट, दलगाउँ, बोखिम, गोगने, खावालगायत ठाउँबाट खुकुरी बिक्रीका लागि आउने गरेको छ । जिल्लामा बुदुना, बाँसपाते, सिरूपातेलगायत खुकुरी बन्ने गरेको भए पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै