प्रधानसेनापति शर्मा आज बेलायत भ्रमणमा जाँदै « Khabarhub

प्रधानसेनापति शर्मा आज बेलायत भ्रमणमा जाँदै


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछन् । 

बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा शर्मा बेलायतको ६ दिनको औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका समकक्षीसँग भेटवार्ता हुनेछ । प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टकाे  भ्रमण गर्नेछन् । । 

ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि निरन्तर सहभागी हुँदै आएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । 

प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्ने कार्यक्रम छ । प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रिएन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ । बेलायत नेपालको पुरानो मित्रराष्ट्र हो ।

एक सय वर्षअघि अर्थात् सन् १९२३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर जबरा र बेलायत सरकार (तत्कालीन ब्रिटिस–इण्डीया) बीच भएको सन्धीले नेपाललाई स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र बराबरीको मान्यता भएको समकक्षी मुलुकको मान्यता दिएको थियो ।

नेपाली सेना र बेलायती सेनाबीच पुरानो र न्यानो मित्रवत् सम्बन्ध रहिआएको छ । बेलायती सेनामा नेपालीलाई गोर्खाली सेनाका रुपमा समावेश गर्दै आएको छ । त्यो सङ्ख्या अहिले पनि करिब चार हजारको हाराहारीमा छ ।

बेलायती सेनामा गोर्खा समावेश कार्यलाई दुईपक्षीय सम्बन्धको अनुपम र बेग्लै आयामकारुपमा हेरिने गरिएको छ । बेलायत सरकारले गोर्खाली सैनिकले पुर्‍याएको योगदानको उच्च कदर गर्दै त्यहाँको रक्षा मन्त्रालय भवन परिसरमा गोर्खाली सैनिकको सालिक स्थापित गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : ३४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल