विश्वकपमा दक्षिण अफ्रिकाको आश्चर्यजनक प्रदर्शन | Khabarhub Khabarhub

विश्वकपमा दक्षिण अफ्रिकाको आश्चर्यजनक प्रदर्शन

घरेलु टोलीलाई अवसर


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

जारी विश्वकपको सुरुवाती चरणमा नै केही चमत्कारीक प्रदर्शन भइरहेको छ। विश्वकप क्रिकेट २०२३ को चौथो खेलसम्म आइपुग्दा धेरै आश्चर्यजनक प्रदर्शन देखिएका छन्।

दक्षिण अफ्रिकाका तीन ब्याट्सम्यानले श्रीलङ्का विरुद्धको एकै पारीमा शतक प्रहार गरेर अनौठो कीर्तिमान कायम गरे। सोही खेलमा आइडन माकरमले त ४९ बलमा शतक प्रहार गरे छिटो शतकको कीर्तिमान कायम गरे।

दक्षिण अफ्रिकाले एकै खेलमा सबै भन्दा धेरै उच्च योगफलको कीर्तिमान पनि कायम गरेको छ। यी सबै कीर्तिमानपछि दक्षिण अफ्रिका नयाँ दाबेदारको रूपमा रहेको हर्ने प्रतीक्षाको विषय बनेको छ। तथापि दक्षिण अफ्रिकाका लागि भारतको स्लो पिच पक्कै प्रतिकुल हुनेछ।

यसै बिच भारतले स्टार ब्याट्सम्यान शुभमिन गीलको चोटसहित प्रतियोगिताको सुरुवात गर्दै छ। भारतका लागि यो सबै भन्दा चुनौतीको विषय हो। तथापि भारत यस प्रतियोगितामा सहभागी मध्य सबै भन्दा सन्तुलित टोली भएको तथा टोली सबै पक्षले अग्रणी भएकोमा भने शङ्का हुन सक्दैन।

सुरुवाती प्रश्न यो हो की के भारत यस पटक विश्वकप जित्न सक्छ ? यसको सहज उत्तर हो , सक्छ। अहिलेको उत्कृष्ट टोली भारत घरेलु भूमिमा खेली रहेको छ। भर्खरै संसारका नौ मध्येका पाँच उत्कृष्ट एक दिवसीय टोली सहभागी एसिया कपको उपाधि विजेता टोली पनि हो।

त्यसो त सन् १९८३ मा पहिलो पटक इङ्गल्यान्डमा भएको विश्वकपमा उपाधि जिते यता भारत उपाधिको दाबेदारको रूपमा प्रतियोगितामा सहभागी हुँदै आएको छ। यस पटक त झन् घरेलु भूमिमा आयोजित प्रतियोगिताका कारण भारतमाथि थप दबाबसमेत परेको छ।

सन् १९८७ मा घरेलु भूमिमा भारत सेमिफाइनलबाट बाहिरिएको थियो। सन् २०११ मा महेन्द्र सिंह धोनीको अन्तिम छक्कासहित भारत दोस्रो पटक विश्वकप उपाधि जित्न सफल भएको थियो। यस दुई उपाधिको बिचमा भारत सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा फाइनलमा प्रवेश गरेको थियो। परन्तु अस्ट्रेलियासँग फराकिलो हारको सामना गरेको थियो।

६ साता भन्दा लामो समयको यो प्रतियोगिताको पहिलो चरणको सबै टोलीले एक आपसमा खेल्ने छन्। यसको मतलब यो हो कि सुरुवाती हारको सामना गरेको टोलीले पनि उपाधि जित्न सक्छ।

सन् १९९२ मा यस्तै भएको थियो। बाहिरिन अटी सकेको इमरान खान नेतृत्व टोली ब्युँतिएर निस्किएन मात्र, अन्त्यमा उपाधि नै जित्न सफल भएको थियो। सुरुवातदेखि राम्रो खेलेर पनि फाइनलमा चुकेको उदाहरण पनि छ, सन् २००३ मा भारत जस्तो।

अहिले भारतीय टोलीका खेलाडीको प्रदर्शनमा एकरूपता भने छैन। पाकिस्तानसँगको खेलमा ब्याटिङ जमेको भारतीय टोलीको श्रीलङ्का विरुद्धको खेलमा बलिङ जमेको थियो।

गीलको बारे सबै रिपोर्ट आउन समय लाग्ने छ। तथापि सत्य के हो भने गीलको चोटको विकल्प भारतसँग नभएको होइन। जसप्रित बुमराह चोटबाट फर्किएपछि भारतीय टोली अझ बलियो भएको छ।

सुरुवाती ओभरदेखि नै भारतले दिने दबाब हेर्न लायक हुनेछ। लोकेश राहुलको पुनरागमन भारतका लागि अर्को प्रेरणाको विषय भएको छ।

सन् २०११ को विश्वकप विजयी टोलीका एक्लो सदस्य विराट कोहलीले पाकिस्तान विरुद्धको एसिया कपमा शतक प्रहार गरेर आफू राम्रो लयमा रहेको पुष्टि गरेका छन्।

कुलदीप यादव निःसन्देह अहिलेका उत्कृष्ट स्पिनरको रूपमा आफूलाई पुष्टि गर्न सफल भइसकेका छन्।

इन्डियन प्रिमियर लिगबाट उदाएका हार्दिक पाण्डे र रवीन्द्र जडेजा दुवै जना १० ओभर बलिङ गर्न सक्षम मानिन्छन्।

अहिलेसम्म विश्वकप जित्ने टोलीले ६ वा सात जना बलर खेलाएको विगत छ। सोही शैली भारतले पनि अवलम्बन गरेको छ।

भारतका सामु अन्य धेरै प्रश्न छन्। शुभमन गीलको अनुपस्थितिमा ईसान किसन ओपनर या राहुल ? प्रश्न यो पनि हो कि रविचन्द्र आश्विन या शार्दूल ठाकुर। पाँच पूर्ण ब्याट्सम्यान खेलाउने भारतीय टोलीमा पाण्डे र जडेजा त हुने नै छन्। बुमराह, मोहम्मद सिराज र कुलदीप यादव पनि पक्का हुन्। सायद यस विश्वकपमा आश्विनले नै धेरै अवसर पाउने छन्।

यस विश्वकपका अन्य केही हेर्ने पर्ने टोली पनि छन्। सबै भन्दा अस्थिर टोलीको छवि बनाएको पाकिस्तान जतिसुकै खराब प्रदर्शन गरेर समयमै बाहिरिन पनि सक्छ।

अन्य एकदमै राम्रो प्रदर्शन गरेर उपाधि यात्रासम्म आफूलाई लैजान पनि सक्छ। पाकिस्तानले आफ्नो पहिलो खेलमा पनि यस्तै अस्थिर खेलको नमूना देखाइ सकेको छ।
नेदरल्यान्ड्ससँग नै एक पटक धरमराएको पाकिस्तान त्यहाँबाट बाहिर निस्कँदै जित हात पार्न त सफल भएको छ।

अष्ट्रेलियाको धार सन् २००० को शताब्दीको सुरुवातमा जस्तो पक्कै छैन। परन्तु जुनसुकै प्रतियोगितामा पनि अष्ट्रेलिया एउटा बलियो दाबेदार हो। कुनै उपाधि नजिते पनि सबै विश्वकपमा स्थिर प्रदर्शन गर्ने गरेको न्युजील्यान्डले यस पटक शानदार सुरुवात गरी सकेको छ।

सन् २०१९ देखि २०२३ को विश्वकपसम्म एकदमै फेरिएको र नयाँ शैलीको टोलीको रूपमा रहेको दक्षिण अफ्रिका त धेरैको ध्यान खिच्न सफल हुने नै भयो।

श्रीलंकासँगको पहिलो खेलमा ब्याटिङमा शानदार रहेको दक्षिण अफ्रिका बलिङमा भने केही धरमराएको देखियो। यस टोलीको सबै भन्दा मुख्य समस्या के हो भने पाँच बलरको विकल्प नै राखिएको थिएन।

विगतमा धेरै पटक उपाधि दाबेदारको रूपमा सहभागी भएर चुकेको इतिहासकै कारण यस टोलीमा धेरैको चासो नगएको हो।

जहाँसम्म घरेलु टोली भारतको अहिलेको भारतीय टोलीको बारेमा पूर्व भारतीय कप्तानहरूले पनि मत राख्न थालेका छन्।

पूर्व कप्तान सौरभ गांगुलीले सन् २०१३ देखि यता पहिलो पटक उपाधि जित्नका लागि टोली सबै रूपले तयार भएको बताएका छन्। उनले पनि पाण्डे र जडेजाका कारण तल्लो तहसम्म राम्रो ब्याटिङ गर्नसक्ने टोली जितको मुख्य कारण हुन सक्ने बताएका छन्।

यी सबैको दाबी कस्तो हुने भन्ने सायद अष्ट्रेलियासँगको पहिलो खेलमा नै केही अनुमान भने पक्कै हुने छ।

स्रोतः बीबीसी, क्रिकइन्फो, टाइम्स अफ इन्डिया

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : ३० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको