देश/प्रदेश

जनकपुर बिग मार्टमा आगलागी, करोडौँको क्षति

By खबरहब

October 08, 2023

धनुषा– धनुषाको जनकपुर बिग मार्टमा आगलागि भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित बिगमा मार्टमा गएराति १ बजे आगलागि हुँदा करोडौँ मूल्य बराबरको क्षति भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा बिहान मात्रै आगो नियन्त्रण आएको थियो ।

आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए । उनले आगलागीबाट १० करोडभन्दा बढीको क्षति भएको दाबी गरेका छन् ।

प्रहरीले आगलागिबाट भएको क्षतिको विवरण संकलनको काम भइरहेको जनाएको छ ।