किवी खेतीतर्फ आकर्षित हुँदै बेझाङवासी « Khabarhub

किवी खेतीतर्फ आकर्षित हुँदै बेझाङवासी


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बेझाङका कृषक किवी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । बेझाङमा नमूनाका रुपमा स्थानीय दीपक गुरुङले गरेको किवी खेतीबाट उत्पादन राम्रो भएपछि क्रमशः उक्त खेतीतर्फ स्थानीय आकर्षित हुँदै गएको हिले बेझाङ मझकटेरी टोल विकास समितिका अध्यक्ष अग्निप्रसाद ढकालले बताए ।

गाउँमा किवी खेतीका लागि सम्भावना राम्रो देखिएपछि अहिले समूह तथा व्यक्तिगत रुपमा नै किवी खेती थालिएको छ । किवी खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउन आँधीखोला गाउँपालिका र १ नं वडा कार्यालयले किवीका बिरुवा उपलब्ध गराएको उनले बताए ।

‘कोदो रोप्दै आएको जमिन र बाँझो जमिनमा गत वर्ष तीन सय किवीका बिरुवा रोपिएको छ’, उनले भने, ‘किवीका लागि यहाँको हावापानी उपयुक्त हुनाका साथै बाँदरले पनि नष्ट नगर्ने भएकाले पछिल्लो समय किवी खेतीतर्फ आकर्षण बढ्दो छ ।’ थोरै थोरै बिरुवा लगाएर थालनी गरेका यहाँका किसानले आगामी वर्ष थप बिरुवा लगाउने गरी तयारी गरेका उनले बताए।

‘मैले गत वर्ष ५० बिरुवा लगाएको छु, राम्रो भएको छ’, उनले भने, ‘बाँझो रहेको अरू जग्गामा पनि थप बिरुवा लगाउँछु, यहाँ मजस्तै अरू किसानहरुले पनि व्यावसायिक रुपमा किवी खेती गर्ने मनसाय गर्नुभएको छ ।’ कोदो रोप्दै आएको जमिनमा तीन वर्षअघि परीक्षणका लागि २० किवीका बिरुवा ल्याएर लगाएको स्थानीय दीपक गुरुङ बताउँछन् । 

तीन वर्षअघि लगाएका बिरुवाबाट हाल उत्पादन राम्रो भएकाले यहाँका स्थानीयहरुले यो खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै गरेको गुरुङले बताए। ‘गाउँमा कोदो रोप्दै गरेको जमिन र बाँझो जमिनमा कस्तो हुँदोरहेछ भनेर काभ्रेबाट मगाएर तीन वर्षअघि किवीका बिरुवा लगाएँ’, उनले भ, ‘किवीका लागि हाम्रो ठाउँको हावापानी अनुकूल भयो र राम्रो उत्पादन भयो ।’

किवीसम्बन्धी केही पनि जानकारी नभई लगाएको खेतीबाट उत्पादन राम्रो भएपछि स्थानीय तथा आफ्ना आफन्तहरूलाई कोसेलीस्वरुप दिने गरेको उहाँले बताए। गाउँबाट बसाइँ सर्ने दर बढ्दै जाँदा गाउँ रित्तो हुँदै गएको उनले बताए। उनका अनुसार गाउँबाट ३० घर पोखरा र सात घर काठमाडौँमा बस्दै आएका छन् । पोखरामा बस्दै आएका गुरुङले गाउँमा रहेको जमिनमा परीक्षणका रुपमा लगाएको किवीबाट उत्पादन राम्रो भएसँगै स्थानीयलाई सिकाइ र अनुभव लिने अवसर मिलेको छ ।

‘मैले कस्तो हुँदोरैछ, गाउँको हावापानीमा किवी हुन्छ कि हुँदैन भनेर परीक्षण गर्न लगाएको थिएँ, व्यावसायिक रुपमा गरेको थिएन’, उनले भने, ‘जब फसल राम्रो भयो तब जोस र जाँगर बढेर आयो, अब बिस्तारै गाउँमा नै फर्केर किवी खेतीलाई व्यावसायिक रुपमा लैजान पर्छ कि भन्ने सोचाइमा छु ।’

सैद्धान्तिक ज्ञान भए पनि किवी खेती व्यावसायिक रुपमा गर्नका लागि प्रयोगात्मक ज्ञान भने अझै कमी रहेकाले यसको खोजीमा रहेको उनले बताए । बेझाङ समुद्र सतहदेखि एक हजार चार सयदेखि एक हजार पाँच सय मिटरको उचाइ रहेकाले यहाँ किवीका लागि आवश्यक पर्ने हावापानी भएको उनले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १२ : ४७ बजे

कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले

‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’

काठमाडौं– पर्यटन व्यवसायीले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र

दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति

काठमाडौं– सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

बोगोटा- पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु