कास्कीको किम्रोङखोला थुनियो, मोदीखोलामा बाढीको जोखिम « Khabarhub

कास्कीको किम्रोङखोला थुनियो, मोदीखोलामा बाढीको जोखिम


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

पर्वत– कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ । गए रातिदेखिनै खोला थुनिएर बनेको तालका कारण कास्की र पर्वत हुँदै बग्ने किम्रोङ र मोदी खोलामा बाढीको जोखिम बढेको छ ।

अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार खोला किनारमा रहेको अग्लो पहाडबाट ठूलो पहिरो खसेपछि शनिबार रातिदेखिनै खोला थुनिएको हो । आज बिहान करिब ११ बजेतिरबाट थुनिएको भागको छेउतर्फबाट विस्तारै पानी बग्न थालेको भए पनि खोलामा निकै ठूलो ताल बनेकाले मोदीखोला आसपासका नागरिकलाई सतर्ककता अपनाउन आग्रह गरेका छन् ।

खोलाको बहाब घटिसकेकाले ठूलो जोखिमको सम्भावना कम भए पनि मोदी खोला किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले बताए । 

प्रहरीलाई कुश्मा नगरपालिकाको दोविल्लादेखि पातीचौर, डिमुवा, नयाँ पुललगायतका स्थानमा पुगेर माईकिङ गर्न र स्थानीयलाई सकर्तकता गराउनका लागि परिचालन गरिएको आचार्यले बताए। ‘केहीबेर अगाडिबाट तालको छेउबाट विस्तारै पानी बग्न थालेको छ । 

तर पानीको चाप धेरै भएर थुनिएको भाग एकै पटक खोलियो भने किनार आसपासमा सतर्कता अपनाउन भनिएको छ’ अन्नपूर्ण–११ का वडाध्यक्ष गुरुङले बताए । किम्रोङ खोला मोदी खोलामा आएर मिसिने भएकाले नदीको बहाव बढ्दा जोखिम पनि बढेको हो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १ : ४९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४