काठको चोरी नियन्त्रण गर्न डिभिजन वन कार्यालयले बढायो सक्रियता « Khabarhub

काठको चोरी नियन्त्रण गर्न डिभिजन वन कार्यालयले बढायो सक्रियता


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

चितवन– चाडपर्वमा हुने काठको चोरी पैठारी नियन्त्रणका लागि डिभिजन वन कार्यालयले सक्रियता बढाएको छ । कार्यालयले चोरी पैठारी नियन्त्रणका लागि आफ्नो क्षेत्रमा रहेका आठ युनिटलाई सक्रिय बनाएको हो । 

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार चाडपर्वका समयमा वनमा हुने चोरी पैठारी नियन्त्रणका लागि आठ युनिटमा ६५ जना परिचालन गरिएको छ । यी युनिटले नियमित गस्ती, छड्के चेकजाँच, छड्के छापा लगायतका काम गरिरहेका छन् । 

‘चार्डपर्वको समयमा हुने चोरी पैठारी नियन्त्रणका लागि हामी लागि परेका छौँ’, उनले भने, ‘चाडपर्वको समयमा अन्यको बेला भन्दा बढी चोरी हुने भएकाले सक्रियता बढाएका हौँ ।’ आवश्यक परेको खण्डमा प्रहरीसमेत परिचालन गर्ने गरी कामलाई अघि बढाइएको उनको भनाइ थियो ।

कार्यालयले वन क्षेत्रमा प्लास्टिकजन्य वस्तु र फोहर फाल्न निरुत्साहित गरिएको खनालले बताए । उनले भने, ‘वन क्षेत्रलाई फोहर फाल्ने केन्द्रको रुपमा प्रयोग गरिएको छ । यसलाई नियन्त्रणका लागि जनचेतना जगाउने लगायतका काम भइरहेका छन् ।’

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  २ : ४६ बजे

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक