सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारद्वारा मुद्दा दायर « Khabarhub

सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारद्वारा मुद्दा दायर


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको भन्दै मधेश प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजयकुमार यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

आयोगका अनुसार सर्लाहीको लालबन्दीमा सो प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन गरी प्रशोधन र उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले उपलब्ध गराएको बजेटमा भ्रष्टाचार भएको पाइएको हो । कार्यक्रमका लागि आर्थिक वर्ष २०७६-७७ को  मधेश प्रदेश सरकारको बजेट वक्तव्यमा सङ्घीय सरकारले समपूरक अनुदानका रुपमा बजेट उपलब्ध गराएको थियो ।

 आयोगले आर्थिक मामिला तथा योजनामन्त्री यादव र लालबन्दीका प्रमुख खड्काविरुद्ध रु १७ करोड ९८ लाख ३३ हजार बराबरको बिगो र कैद सजायको मागदाबी गरेको छ । 

आयोगले आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठविरुद्ध रु तीन करोड २७ लाख, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध पनि रु १७ करोड ९८ लाख ३३ हजार बराबरको बिगो र कैद सजायको मागदाबी गरिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ३ : ३६ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका