सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारद्वारा मुद्दा दायर | Khabarhub Khabarhub

सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारद्वारा मुद्दा दायर


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको भन्दै मधेश प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजयकुमार यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

आयोगका अनुसार सर्लाहीको लालबन्दीमा सो प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन गरी प्रशोधन र उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले उपलब्ध गराएको बजेटमा भ्रष्टाचार भएको पाइएको हो । कार्यक्रमका लागि आर्थिक वर्ष २०७६-७७ को  मधेश प्रदेश सरकारको बजेट वक्तव्यमा सङ्घीय सरकारले समपूरक अनुदानका रुपमा बजेट उपलब्ध गराएको थियो ।

 आयोगले आर्थिक मामिला तथा योजनामन्त्री यादव र लालबन्दीका प्रमुख खड्काविरुद्ध रु १७ करोड ९८ लाख ३३ हजार बराबरको बिगो र कैद सजायको मागदाबी गरेको छ । 

आयोगले आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठविरुद्ध रु तीन करोड २७ लाख, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध पनि रु १७ करोड ९८ लाख ३३ हजार बराबरको बिगो र कैद सजायको मागदाबी गरिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ३ : ३६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य