‘नेपालको भौतिक विकासमा चीनको सहकार्य रहन्छ’ « Khabarhub

‘नेपालको भौतिक विकासमा चीनको सहकार्य रहन्छ’


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसेटिभ’ (बिआरआई) परियोजनाको माध्यमबाट नेपालको भौतिक विकासमा सहकार्य गर्ने बताएका छन् ।

बिआरआईको दस वर्षको उपलक्ष्यमा आज नेपाल–चीनमैत्री मञ्चले यहाँ आयोजना ‘बिआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठीमा उनले चीन र नेपालबीचको सम्बन्धलाई बलियो बनाउँदै बिआरआईमा सहकार्र्य अघि बढाएर पूर्वाधार विकासमा सहयोग गरिने उल्लेख गरे ।

राजदूत सोङ्गले चीन बिआरआई परियोजनामार्फत नेपालको कनेक्टिभिटी, सडक, रेल, बन्दरगाह, दूरसञ्चार र हवाई उड्डयनआदि क्षेत्रमा सहकार्य गर्न तयार रहेको उल्लेख गरे । उनले हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार र विकासमा पनि चीन सहयोग गर्न तत्पर रहेको बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सन् २०१९ मा नेपालमा भएको ऐतिहासिक भ्रमणका क्रममा बिआरआई परियोजना अघि बढाउन दुई देशबीच समझदारी बनेको उल्लेख गर्दै राजदूत सोङ्गले यसलाई कार्यान्वयन गरेर नेपालले लाभ लिनुपर्ने धारणा राखे । उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन र आपसी हितका विषयमा साझेदारीका लागी मञ्च उपयोगी हुने बताए।

चीन नेपालको कृषि उत्पादन बढाउन र कृषि सामग्रीलगायत वस्तु आयात गर्न तयार रहेको छ भन्दै राजदूत सोङ्गले कृषिको आधुनिकीकरण, ऊर्जा र व्यापार प्रवद्र्धनका लागि पनि चीन सरकारको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे। उनले औद्योगिक क्षमता अभिवृद्धि गर्दै नेपाली जनताको जीविकोपार्जन बढोत्तरी गर्न पनि चीनको सहयोग रहने बताए ।

कार्यक्रममा काठमाडौँ स्कुल अफ लका प्रोफेसर डा युवराज सङ्ग्रौलाले नेपालको आर्थिक र सामाजिक विकासमा बिआरआई परियोजनाले निर्वाह गर्नसक्ने भूमिकाबारे चर्चा गरे।

नेपाल–चीनमैत्री मञ्चका अध्यक्ष डा कल्याणराज शर्माले दुईपक्षीय हित र समृद्धिलाई  अवसरका रूपमा बिआरआई परियोजना कार्यान्वयन गरी नेपालले लाभ लिनसक्ने धारणा व्यक्त गरे । लेखक डा सरोज धितालले बिआरआईको अवसरलाई नेपालले सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।

गोष्ठीमा व्यापार सम्बन्ध, लगानीका अवसर, सम्पर्क सञ्जाल विस्तार र औद्योगिक विकास तथा शैक्षिक सहकार्यका विषयमा विज्ञहरुद्वारा प्रस्तुत कार्यपत्रमा समूहगत छलफलबाट आगामी रणनीति तयार गरिनेछ । उक्त गोष्ठीमा नेपाल र चीनबीच अनुसन्धान तथा शैक्षिक सहकार्य र  नेपालमा बिआरआईः लगानी तथा व्यापारको शैलीमा परिवर्तन विषयमा समूहगत छलफल गरिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ५ : २३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको