जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन | Khabarhub Khabarhub

जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । दसैँलगायत चाडबाडलाई लक्षित गरी जुम्लाका स्थानीयलाई सहुलियतमा चामल बिक्री गर्न आजदेखि सुपथ पसल सञ्चालन भएको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार जुम्लामा एक हजार दुई सय क्विन्टल चामल मौज्दात छ । यस वर्षको दसैँका लागि उक्त परिमाणको चामल पर्याप्त हुने बताइएको छ । हाल कम्पनीको गोदाममा दसैँका लागि एक हजार दुई सय, जुम्ला कारागारका लागि दुई सय ८० क्विन्टल छुट्याइएको छ ।

सम्बन्धित वडा कार्यालयको सिफारिसमा उक्त कार्यालयले चामल बिक्री गर्नेछ । जिल्लाको  वार्षिक कोटा पाँच हजार पाँच सय क्विन्टल रहेको छ भने हालसम्म एक हजार तीन सय २० क्विन्टल चामल भण्डारण गरिएको छ । उक्त कार्यालयका अनुसार थप चार हजार एक सय ८० क्विन्टल चामल प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : १९ बजे

माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सम्पन्न

काठमाडौं- जिटीए फाउन्डेसनको मुख्य आयोजनामा माउन्टेन गाइड, ट्रेकिङ गाइड र

स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै

गोदावरी– पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै

इराकको एक भवनमा आगलागी हुँदा १४ को मृत्यु

बगदाद– इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान शहरस्थित एक

कलुवापुर-बेलौरी सडक कालोपत्र तीन महिनापछि हुने

कञ्चनपुर– जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर-बेलौरी सडकको कालोपत्रको कार्य तीन

कथा : घर कुरुवा

मेरो नाम इभा हो । पेशाले म प्राध्यापक । पेशा