जडिबुटीको बसपार्क नभत्काउन उच्च अदालत पाटनको अन्तरिम आदेश « Khabarhub

जडिबुटीको बसपार्क नभत्काउन उच्च अदालत पाटनको अन्तरिम आदेश


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौंको जडिबुटीमा निर्माण गरिएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरको नाममा अन्तरिम आदेश जारी गरेको छ।

श्यामबहादुर लामाले दिएको रिट निवेदनमा आइतबार न्यायाधीशद्वय ध्रुवराज नन्द र  मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मुद्दाको टुंगो नलागेसम्म कुनै पनि संरचना नभत्काउन अन्तरिम आदेश गरेको हो।

‘यसमा निवेदकले निर्माण गरेका संरचना नबिगार्नु, नभत्काउनु भन्ने निषेधाज्ञाको आदेश जारी गरिपाउँ भन्ने निवेदन माग भई प्रस्तुत निवेदनपत्रको अन्तिम टुंगो नलागेसम्म जग्गामा निवेदकहरूले निर्माण गरेका संरचनाहरू तोडफोड गर्ने, भत्काउने कार्य नगर्नु नगराउनू भनी अन्तरिम आदेश जारी गरिपाउँ भन्ने माग गरेको देखियो। निवेदकहरूले निर्माण गरेको संरचनाहरू भत्काएमा प्रस्तुत निवेदनको मागदाबी निष्प्रयोजन हुने भई सुविधाको सन्तुलनको दृष्टिबाट प्रस्तुत निवेदनको टुंगो नलागेसम्म उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम निजी जग्गामा निर्माण गरिएका संरचनाहरू नभत्काउनु भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ। प्रस्तुत आदेशको जानकारी विपक्षीहरूलाई दिनू,’ आदेशमा उल्लेख छ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : ५६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको