भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरापुत्र राहुलसँगै ४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस « Khabarhub

भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरापुत्र राहुलसँगै ४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले विद्युतीय चुरोट भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनका लागि पूर्वसभामुख महराका छोरा राहुलसहित चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।

दावा यसअघि नै ६१ किलो सुन प्रकरणमा पक्राउ परेका थिए । सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : २३ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला