विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

आज आश्विन २१ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर ८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतको कर्नाटकमा आगलागी हुँदा चौध जनाको मृत्यु
भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

कर्नाटक राज्यको राजधानी बेङ्गलोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारको लागी स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेकोसमेत प्रहरीले जानकारी गराएको छ ।

पसल मालिक तथा जग्गा मालिकलाई आगो सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लागेको छ ।

इजरायलद्वारा गाजा क्षेत्रमा भीषण आक्रमणको तयारी, सीमा क्षेत्रमा थप ४ बटालियन सैनिक तैनाथ
इजरायलको सुरक्षा परिषदले लडाकु समूहहरु हमास र प्यालेस्टाइनी इस्लामिक जिहादविरुद्धको युद्धलाई आक्रमणको चरणमा लैजाने निर्णय गरेको छ ।

परिषदले आइतबार ‘अपरेसन स्वर्ड्स अफ आइरन’ नामक सुरक्षा कारवाहीलाई आक्रमणको चरणमा लैजान र ‘हमास र प्यालेस्टाइनी इस्लामिक जिहाद समूहको सैन्य एवम् शासन गर्ने क्षमतालाई ध्वस्त पार्ने अभियान’ का लागि तयारी गर्न इजरायली रक्षा बललाई निर्देशनसमेत दिएको छ ।

‘निर्दयी हमासको आक्रमणसँगै हामी लामो र कठिन युद्धको अवस्थामा छौँ ।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई उद्धृत गर्दै इजरायली सञ्चार माध्यमले जनाएका छन्, ‘हामीले इजरायली नागरिकको सुरक्षाको पुनस्थापना गर्नेछौँ र हामी जित्नेछौँ ।’

आफ्नो भूभागमा घुसपैठ गरेका दुश्मन लडाकुलाई ध्वस्त पार्ने यस युद्धको पहिलो चरण सकिएको उनको भनाइ छ । यससँगै आक्रमणको चरण सुरु भएको उनको भनाइ छ ।

आक्रमणका लागि चार बटालियन जगेडा सैनिकलाई गाजासँगको सीमा क्षेत्रमा तैनाथ गरिने इजरायली सेनाले जनाएको छ । यसअघि सो क्षेत्रमा ३५ बटालियन सैनिक तैनाथ छन् ।

यससँगै परिषदले गाजा क्षेत्रमा विद्युत, इन्धन र अन्य वस्तुको आपूर्ति तत्काल रोक्ने निर्णयसमेत गरेको छ । शनिबारबाट प्यालेस्टाइनी लडाकु समूहले आक्रमण गरेसँगै इजरायलले यस्तो निर्णय गरेको हो । उक्त आक्रमणमा हालसम्म ३५० जना इजरायली नागरिकको मृत्यु भइसकेको र अरु १८ सय जना घाइते भएको जनाइएको छ ।

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ हजारभन्दा धेरै

पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ह्वात्तै बढेर एक हजारभन्दा बढी पुगेको छ ।

शनिबार गएको ६.३ म्याग्नीच्यूडको भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा रहेको थियो ।

‘दुर्भाग्यवश, हताहतको सङ्ख्या व्यावहारिक रूपमा धेरै देखिएको छ,’ सरकारका उपप्रवक्ता बिलाल करिमीले आइतबार भने ।

उनले एएफपीसँग भने, ‘मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी छ । उद्धारको धेरै प्रयासहरू भइरहेका छन् । आइतबार प्राप्त आँकडाले हताहत हुनेको सङ्ख्या यो भन्दा निकै धेरै पुग्ने अनुमान गरिएको छ ।’

जिन्दा जान जिल्लाको सर्बोल्याण्ड गाउँमा शनिबार रात परेपछि एएफपीका एक संवाददाताले भूकम्पको केन्द्रविन्दु नजिकै दर्जनौं घरहरू भत्किएको पुष्टि गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

प्रत्यक्षदर्शी स्थानीय ४२ वर्षीय बशीर अहमदले भूकम्पको पहिलो झट्कामा सबै घर भत्किएका र घरभित्र रहेकाहरू पुरिएका थिए । उनले भने “अझै धेरै हामीले कुनै खबर नसुनेका परिवारहरू छन् ।”

स्थानीय नेक मोहम्मदले एएफपीसँगको कुराकानीमा स्थानीय समयअनुसार बिहान ११ः०० बजे पहिलो भूकम्प आउँदा आफू काममा रहेको तर भूकम्पपछि हतारहतार घर फर्किँदा त्यहाँ केही पनि बाँकी नदेखेको बताए । “सबै कुरा भूकम्पबाट ढलेका घरका भग्नावशेषमुनि पुरिएका थिए,” उनले भने ।

शनिबार स्थानीय र घटनास्थल वरपर उपलब्ध सुरक्षाकर्मीको सहयोगमा करिब ३० जनाको शव निकालिएको थियो ।

भूकम्पपछि स्थानीयले रातभर खुला आकाशमा रात बिताएको बताए । मोहम्मदले भने, “अहिलेसम्म हामीसँग ओढ्ने कम्बल वा खानेकुरा केही पनि छैन । यहाँ हामी आफन्तहरू गुमाएको शोकमा छौँ र खाना पनि खान पाएका छैनौँ ।”

डब्लूएचओले शनिबार राति क्षतिको विवरण आउने क्रम जारी रहेकोले तत्काल यति नै हताहत भएको भन्ने अनुमान गर्नु हतार हुने बताएको थियो ।

हेरात शहरमा पहिलो भूकम्पको धक्का महशुस भएपछि त्यहाँका बासिन्दाले आफ्नो घर, विद्यालय, अस्पताल र कार्यालयहरू खाली गराएका थिए । बजार क्षेत्रमा हताहतका धेरै घटनाहरू भएको रिपोर्टहरू आएका छन् ।

सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि व्यापक रूपमा विदेशी सहायता फिर्ता लिएपछि अफगानिस्तान पहिलेदेखि नै गम्भीर मानवीय सङ्कटको चपेटामा परेको छ ।

करिब १९ लाख जनसङ्ख्या रहेको हेरात प्रान्तमा इरानसँगको सीमामा पर्छ । हेरातमा वर्षौं लामो खडेरीले धेरै कृषकहरूलाई आर्थिक तथा मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ ।

युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगमनजिक रहेको हिन्दकुश पर्वत शृङ्खलामा रहेको अफगानिस्तानी भूभाग अक्सर भूकम्पको चपेटामा पर्छ ।

हमास–इजरायल घटना : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक आह्वान
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ । प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको आक्रमण र सम्भावित युद्धलाई मध्यनजर गर्दै छलफलका लागि बैठक डाकिएको हो ।

संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टेनियो गुटेरेसले घटनाको निन्दा गर्दै दुइ देशबीच हुन सक्ने सम्भावित युद्धलाई मध्यनजर गर्दै विश्वका नेताहरुलाई ठोस कदम चाल्न अपिल गरेका छन् ।

घटनाको निन्दा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोनमार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफूहरु सँधै इजरायलको साथमा रहेको जनाएका छन् ।

यस्तै, जर्मनी र बेलायतले पनि घटनाको निन्दा गर्दै समस्या समाधानको उपाय खोज्न आह्वान गरेका छन् ।

क्षेत्रीय साइबर सुरक्षा सप्ताहका लागि अबुधाबीमा ७० मुलुक भेला हुँदै

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) र अरब क्षेत्रीय साइबर सुरक्षा केन्द्र ९एआरसीसी० सँगको सहयोगमा संयुक्त अरब इमिरेट्स ९युएई० ले आजदेखि आगामी बिहीबारसम्म क्षेत्रीय साइबर सुरक्षा २०२३ आयोजना गर्दैछ ।

‘साइबर सुरक्षा नवप्रवर्तन र उद्योग विकास’ शीर्षकमा अबुधाबीमा समारोह सुरु भएको हो । युएईद्वारा प्रायोजित क्षेत्रीय साइबर सुरक्षा २०२३ अरब र इस्लामिक मुलुकहरूमा सबैभन्दा ठूलो साइबर कार्यक्रम हो ।

साइबर सुरक्षाको क्षेत्रमा उत्कृष्ट अन्तर्राष्ट्रिय रणनीति र अभ्यासहरूमाथि छलफल गर्न इस्लामिक सहयोग संगठन ९ओआईसी० का ५७ सदस्य राष्ट्रसहित ७० मुलुकबाट एक सयभन्दा बढी विज्ञ र वक्ताहरूका साथै १० वटा अन्तर्राष्ट्रिय संस्थाहरू यो साता भेला हुनेछन् ।

यो साता सहभागीहरूलाई यथार्थपरक ढङ्गले साइबर हमलाको अनुभव प्रदान गर्ने नयाँ भर्चुअल पूर्वाधार मोडेलसमेत प्रस्तुत गरिने छ । यो साता साइबर सुरक्षामा पछिल्लो प्रवृत्ति र विकासक्रम, साइबर सुरक्षाले सामन गरिरहेको चुनौती र जोखिम, साइबर सुरक्षा घटनाको प्रतिक्रिया र पुनरप्राप्ति तथा साइबर सुरक्षा शिक्षा र जागरणसहितका साइबर सुरक्षाकाको विस्तृत दायरा समेट्ने ५० वटा कार्यक्रम हुने बताइएको छ ।

युएई सरकारको साइबर सुरक्षासम्बन्धी कार्यालयले विश्वव्यापी डिजिटल अर्थतन्त्रको आकार बढिरहेको बताएको छ । यो सन् २०२५ सम्ममा २० खर्ब अमेरिकी डलरको हाराहारीमा पुग्ने सो कार्यालयले उल्लेख गरेको छ ।

अफगानिस्तानमा गएको भूकम्पमा १२० जनाको मृत्यु, एक हजार बढी घाइते
इरानको सीमा नजिकै रहेको पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १२० जनाको मृत्यु भएको छ ।

शनिबार हेरात प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६।३ म्याग्नेच्युडको भूकम्प गएको थियो। इरानसँग सीमा जोडिएको सो क्षेत्रमा भूकम्पमा परी एक हजार भन्दा बढी घाइते भएका छन्।

भूकम्पका कारण कयौँ घरहरू ध्वस्त भएका छन्। पहिलो भूकम्पपछि तीनवटा शक्तिशाली परकम्प पनि रेकर्ड भएको जनाइएको छ।

अहिले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्य जारी छ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : २७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः