इजरायलद्वारा हमासविरुद्ध औपचारिक रुपमा युद्धको घोषणा « Khabarhub

इजरायलद्वारा हमासविरुद्ध औपचारिक रुपमा युद्धको घोषणा


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- इजरायलले प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्ध युद्धको औपचारिक घोषणा गरेको छ ।

प्यालेस्टाइनी लडाकुले इजरायली भूभागमा घुसपैठ गरी आक्रमण गरेपछि इजरायल सरकारले आइतबार हमासविरुद्ध युद्धको औपचारिक घोषणा गर्ने निर्णय गरेको हो । यसअघि शनिबार नै त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक युद्धको अवस्थामा रहेको जनाएका थिए ।

इजरायलको आधारभूत कानूनको धारा ४० अनुसार युद्धको औपचारिक घोषणा गरिएको अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनले जनाएको छ । प्रधानमन्त्री नेतान्याहूले प्यालेस्टाइनी लडाकुविरुद्ध बदला लिइने दृढता व्यक्त गरेका छन् । शनिबार सबेरै गाजा क्षेत्रमा रहेका प्यालेस्टाइनी लडाकुले व्यापक रकेट आक्रमण गर्दै इजरायली भूभागमा घुसपैठ गरेका थिए ।

आक्रमणका क्रममा हालसम्म ६ सयभन्दा धेरै इजरायलीको मृत्यु भएको र अन्य हजारौँ घाइते भएको जनाइएको छ । अन्य सयौँ बेपत्ता पारिएका छन् । बेपत्ता भएकाहरुलाई प्यालेस्टाइनी लडाकुले अपहरण गरी गाजा क्षेत्रतर्फ लगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आक्रमणको प्रतिकारस्वरुप इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेको छ । हवाई आक्रमणका क्रममा गाजा क्षेत्रमा ३ सयभन्दा धेरै प्यालेस्टाइनीको मृत्यु भएको सीएनएनले जनाएको छ ।

इजरायल र प्यालेस्टाइनी लडाकुबीच जारी युद्धलाई सन् १९७३ मा इजिप्ट र सिरियाले संयुक्त रुपमा इजरायलविरुद्ध सुरु गरेको ‘योम किपुर युद्ध’ यताकै सबैभन्दा घातक घटनाका रुपमा लिइएको छ ।

यसअघि आइतबार नै इजरायलको सुरक्षा परिषदले हमासविरुद्ध आक्रमणको तयारी गर्न त्यहाँको सेनालाई निर्देशन दिएको थियो । सुरक्षा परिषदको निर्देशनअनुसार गाजाको सीमा क्षेत्रमा थप ४ बटालियन सैनिक तैनाथ गर्ने तयारी गरिएको छ । त्यहाँ यअसघि नै ३५ बटालियन सैनिक तैनाथ छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : ५७ बजे

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि