सशस्त्र प्रहरीले चाडपर्वको अवसरमा निःशुल्क बस सञ्चालन गर्ने « Khabarhub

सशस्त्र प्रहरीले चाडपर्वको अवसरमा निःशुल्क बस सञ्चालन गर्ने


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी बलले दसैं, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा दुई वटा बस सेवा सञ्चालन गर्ने भएको छ।

चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको सशस्त्रले निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो।

सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए।

दसैंको अवसरमा काँकडभिट्टाको लागि दिउँसो २ बजे र गड्डाचौकीको लागि बिहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४ देखि कार्तिक १२ गतेसम्म सेवा प्रदान गर्नेछ।

तिहार र छठ पर्वको अवसरमा सञ्चालन हुने बस समेत कार्तिक २४ देखि मंसिर ४ गतेसम्म सोही समयमा मुख्यालयबाट छुट्ने वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए । चाडपर्वको समयमा सशस्त्र प्रहरी बल नेपालका अन्य पायक पर्ने इकाइहरुमा समेत बस संचालनको लागि समन्वय अधिकृतको व्यवस्था गरेको छ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : २३ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले