सशस्त्र प्रहरीले चाडपर्वको अवसरमा निःशुल्क बस सञ्चालन गर्ने | Khabarhub Khabarhub

सशस्त्र प्रहरीले चाडपर्वको अवसरमा निःशुल्क बस सञ्चालन गर्ने


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी बलले दसैं, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा दुई वटा बस सेवा सञ्चालन गर्ने भएको छ।

चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको सशस्त्रले निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो।

सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए।

दसैंको अवसरमा काँकडभिट्टाको लागि दिउँसो २ बजे र गड्डाचौकीको लागि बिहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४ देखि कार्तिक १२ गतेसम्म सेवा प्रदान गर्नेछ।

तिहार र छठ पर्वको अवसरमा सञ्चालन हुने बस समेत कार्तिक २४ देखि मंसिर ४ गतेसम्म सोही समयमा मुख्यालयबाट छुट्ने वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए । चाडपर्वको समयमा सशस्त्र प्रहरी बल नेपालका अन्य पायक पर्ने इकाइहरुमा समेत बस संचालनको लागि समन्वय अधिकृतको व्यवस्था गरेको छ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : २३ बजे

कोशी सरकारविरुद्ध रिटको पेसी न्यायाधीश रेग्मी, सुवेदी र मुसलमानको इजलासमा

काठमाडौं– कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल

पाथीभरा क्षेत्रमा वृक्षरोपण

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ ।

युरोकपको १७औँ संस्करण भोलिदेखि

काठमाडौं– युरोकपको १७औँ  संस्करण भोलिदेखि सुरु हुँदैछ । मिनी फुटबल

वेस्ट इन्डिज विश्वकपको ‘सुपर ८’ मा : न्युजिल्यान्ड १३ रनले पराजित

काठमाडौं – आईसीसी टी-२० विश्वकप समूह ‘सी’को वेस्ट इन्डिज ‘सुपर

नारायणगढ–मुग्लिन सडक : २५ ठाउँमा पहिरोको जोखिम

चितवन– नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक