श्रीलंकाको ऋण पुनर्संरचनामा तगारो बन्दै चीन « Khabarhub

श्रीलंकाको ऋण पुनर्संरचनामा तगारो बन्दै चीन


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- आर्थिक संकटबाट विस्तारै सुधारको बाटोमा रहेको श्रीलंकाका लागि सेप्टेम्बर २७ का दिन सुखद हुने अपेक्षा गरिएको थियो । यस दिन अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका प्रतिनिधिहरु श्रीलंका पुगेका थिए ।

गत मार्चमा श्रीलंकालाई ३३ करोड डलर प्रदान गर्ने सम्झौता कार्यान्वयनका लागि आईएमएफको टोली श्रीलंका पुगेको थियो । तर, आईएमएफको टोली त्यसै फर्कियो । कारण थियो, श्रीलंकाको कर प्रणाली र मुलुकको सबैभन्दा ठूलो ऋणदाताको रुपमा रहेको मुलुक चीन ।

श्रीलंकाले आफ्नो ऋणको पुनर्संरचना नगरेसम्म सम्झौताबमोजिमको रकम प्रदान गर्न नसकिने आईएमएफका प्रतिनिधिले बताएका थिए । श्रीलंका र चीनबीच ऋणको पुनर्संरचनाबारे कुनै सहमति हुन सकेको छैन । यस कारण चीनले श्रीलंकालाई ऋणको बन्धक बनाएको भनी आलोचना समेत हुने गरेको छ ।

आईएमएफका प्रतिनिधि श्रीलंकाबाट फर्केकै दिन अमेरिकी समाचार संस्था ब्लुमबर्गले भारतजस्ता अन्य ऋणदाता मुलुकहरुले श्रीलंकासँग सम्झौता गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक गर्यो । यसमा चीनलाई भने सामेल नगराइएको ब्लुमबर्गले उल्लेख गर्यो । ऋणदाताहरु नै एक अर्काविरुद्ध रहेकाले श्रीलंकाले यसको परिणाम भोग्नु परेको छ ।

जाम्बियासँग भएको ऋण पुनर्संरचनाको सम्झौतामा चीनले पनि हस्ताक्षार गरेको थियो । श्रीलंकासँग हुने भनिएको सोही किसिमको सम्झैतामा चीन पनि तयार हुने अपेक्षा गरिएको थियो । तर, मध्यम आय रहेको श्रीलंकाजस्तो मुलुकका लागि न्यून आय रहेको जाम्बियाजस्तो सम्झौता सम्भव थिएन ।

यसअघि हालै भारतमा सम्पन्न जी २० को सम्मेलनका क्रममा विश्वका ठूला अर्थतन्त्रहरुले ऋण प्रदान गर्ने मुलुकहरुको लागि साझा संयन्त्र तयार पार्नेबारे छलफल गरेका थिए । यद्यपि न्यून आय भएका गरिब मुलुकका लागि मात्रै यस किसिमको संयन्त्रको व्यवस्था गरिएको छ । हाल आर्थिक संकटको संघारमा रहेका पाकिस्तान र इजिप्टजस्ता मुलुक न्यून आय भएका मुलुकको सूचीमा पर्दैनन् ।

भारत श्रीलंकालाई ऋण प्रदान गर्ने समितिको सहअध्यक्ष रहेकाले पनि चीन हच्केको विश्लेषण गरिएको छ । यस्तो समस्या अन्यत्र पनि देखा पर्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ४ : ०९ बजे

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा