श्रीलंकाको ऋण पुनर्संरचनामा तगारो बन्दै चीन | Khabarhub Khabarhub

श्रीलंकाको ऋण पुनर्संरचनामा तगारो बन्दै चीन


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- आर्थिक संकटबाट विस्तारै सुधारको बाटोमा रहेको श्रीलंकाका लागि सेप्टेम्बर २७ का दिन सुखद हुने अपेक्षा गरिएको थियो । यस दिन अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका प्रतिनिधिहरु श्रीलंका पुगेका थिए ।

गत मार्चमा श्रीलंकालाई ३३ करोड डलर प्रदान गर्ने सम्झौता कार्यान्वयनका लागि आईएमएफको टोली श्रीलंका पुगेको थियो । तर, आईएमएफको टोली त्यसै फर्कियो । कारण थियो, श्रीलंकाको कर प्रणाली र मुलुकको सबैभन्दा ठूलो ऋणदाताको रुपमा रहेको मुलुक चीन ।

श्रीलंकाले आफ्नो ऋणको पुनर्संरचना नगरेसम्म सम्झौताबमोजिमको रकम प्रदान गर्न नसकिने आईएमएफका प्रतिनिधिले बताएका थिए । श्रीलंका र चीनबीच ऋणको पुनर्संरचनाबारे कुनै सहमति हुन सकेको छैन । यस कारण चीनले श्रीलंकालाई ऋणको बन्धक बनाएको भनी आलोचना समेत हुने गरेको छ ।

आईएमएफका प्रतिनिधि श्रीलंकाबाट फर्केकै दिन अमेरिकी समाचार संस्था ब्लुमबर्गले भारतजस्ता अन्य ऋणदाता मुलुकहरुले श्रीलंकासँग सम्झौता गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक गर्यो । यसमा चीनलाई भने सामेल नगराइएको ब्लुमबर्गले उल्लेख गर्यो । ऋणदाताहरु नै एक अर्काविरुद्ध रहेकाले श्रीलंकाले यसको परिणाम भोग्नु परेको छ ।

जाम्बियासँग भएको ऋण पुनर्संरचनाको सम्झौतामा चीनले पनि हस्ताक्षार गरेको थियो । श्रीलंकासँग हुने भनिएको सोही किसिमको सम्झैतामा चीन पनि तयार हुने अपेक्षा गरिएको थियो । तर, मध्यम आय रहेको श्रीलंकाजस्तो मुलुकका लागि न्यून आय रहेको जाम्बियाजस्तो सम्झौता सम्भव थिएन ।

यसअघि हालै भारतमा सम्पन्न जी २० को सम्मेलनका क्रममा विश्वका ठूला अर्थतन्त्रहरुले ऋण प्रदान गर्ने मुलुकहरुको लागि साझा संयन्त्र तयार पार्नेबारे छलफल गरेका थिए । यद्यपि न्यून आय भएका गरिब मुलुकका लागि मात्रै यस किसिमको संयन्त्रको व्यवस्था गरिएको छ । हाल आर्थिक संकटको संघारमा रहेका पाकिस्तान र इजिप्टजस्ता मुलुक न्यून आय भएका मुलुकको सूचीमा पर्दैनन् ।

भारत श्रीलंकालाई ऋण प्रदान गर्ने समितिको सहअध्यक्ष रहेकाले पनि चीन हच्केको विश्लेषण गरिएको छ । यस्तो समस्या अन्यत्र पनि देखा पर्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ४ : ०९ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय