सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयन हुनपर्नेमा ओलीको जोड | Khabarhub Khabarhub

सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयन हुनपर्नेमा ओलीको जोड


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनले नेतृत्व चयनमा नयाँ सन्देश दिनसक्नुपर्ने बताएका छन् ।

नेकपा एमालेको आज धनगढीमा शुरु भएको पहिलो प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्न पार्टीका प्रतिनिधिलाई निर्देशन दिए।

नेतृत्वले गर्ने मूल्याङ्कन नमानेर आफ्नो आफै मूल्याङकन गर्ने प्रवृत्ति अनुपयुक्त भएको तर्क गर्दै अध्यक्ष ओलीले भने,“कुनै पूर्वाग्रह नराखी प्रदेशको नेतृत्व चयनमा खटिन पार्टीका नेतालाई आग्रह गर्छु ।”

पार्टीकाविरुद्ध चौतर्फी हमला भइरहेकाले त्यसलाई पराजित गर्न दृढताका साथ नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिँदै उनले सभ्य, सालिन र शान्तिपूर्ण समाज निर्माणका लागि योगदान गर्न आह्वान गरे ।

महासचिव शङ्कर पोखरेलले एमालेलाई पहिलो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्दै ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ पार्टीका सबै सदस्य लाग्नुपर्ने बताए।

पार्टीका सचिवद्वय लेखराज भट्ट र छविलाल विश्वकर्मा,संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पार्टी शुद्धीकरण एवं सुदृढीकरणमा आम कार्यकता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ९ : १५ बजे

पूर्वराष्ट्रपतिद्वारा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य

महिला हकअधिकारका लागि कानुनमा विशेष प्रावधान छ : मन्त्री आचार्य

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राज्यका संरचनामा

एडीबीले बङ्गलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने

ढाका- एसियाली विकास बैंक (एडीबी) ले बङ्गलादेशलाई ४० करोड अमेरिकी

ब्राउन सुगरसहित एक युवक पक्राउ

सप्तरी– सप्तरीबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

यात्रामा प्राप्त सुझाव पूरा गर्ने अध्यक्ष ओलीको प्रतिबद्धता

लमजुङ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राका क्रममा