सहयोग सामाग्री लिएर चिनियाँ सेनाको विमान पोखरामा अवतरण « Khabarhub

सहयोग सामाग्री लिएर चिनियाँ सेनाको विमान पोखरामा अवतरण


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ । चीन सरकारले भुकम्प पीडितलाई दिने राहत सहयोग सामग्री लिएर आएका चिनियाँ सेनाको दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुगेका छन भने चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्दैछन् ।

चीनले आफ्नो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामाग्री नेपालले भने त्यहाँबाट कर्णाली पुर्‍याउनेछ । चिनियाँ सेनाको जहाजमा समान आउने भनिए पनि त्यसलाई  ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९३० र ९ ४० मा अवतरण भएका हुन ।

चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उडेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १० : ३८ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक