दराज ११.११ सेलको छैटौँ संस्करण सार्वजनिक « Khabarhub

दराज ११.११ सेलको छैटौँ संस्करण सार्वजनिक


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले ११.११ सेलको छैटौँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीको अनुसार कार्तिकको २५ गतेबाट सुरु हुने यो सेलमा ग्राहकहरुले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, र मनेरञ्जन जस्ता विभिन्न विधाका लाखौं प्रोडक्टमा ७ करोड सम्मको छुट पाउनेछन् । 

यो सेलमा ग्राहकरुले निःशुल्क डेलिभरी, १०,००० सम्मको मेगा भाउचर, मेगा डिलस्मा ८०५ सम्मको छुट, साथै मेगा गिभअवे अन्तर्गत ९९९ भन्दा माथिको  खरिदमा अग्रिम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताहरूले सिजि ब्रान्डको वाशिङ्ग मशिन जित्ने मौका पनि समावेश छ, साथै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १५५ अधिकतम रु २००० सम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०५ अधिकतम रु २५०० को छुट प्राप्त गर्नेछन्। 

दराजकी प्रबन्ध निर्देशक आँचल कुँवर भन्छिन्, ‘११.११ सेल मात्र नभएर उत्साह र उमङ्ग हो । हाम्रो वर्षैको कडा मिहिनत र परिश्रमबाट ११.११ सेललाई विशेष बनाउन सफल भएका छौं । यो हाम्रा ग्राहक, बिक्रेता, बैंक तथा साझेदारहरुलाई धन्यवाद भन्ने विशेष तरिका पनि हो । आशा छ, सम्पूर्ण ग्राहक, बिक्रेता तथा साझेदार कम्पनीहरू यो वर्षको ११.११ बाट धेरै भन्दा धेरै लाभान्वित हुनुहुनेछन् ।’ 

यो सेलमा विभिन्न ब्रान्ड तथा कम्पनीहरुले साथ दिएका छन् । यो वर्षको सेलमा ८ वटा ब्रान्डहरू दराज संग डाइमण्ड पर्टनरको रुपमा आवद्ध भएका छन् ती हुन् अल्टिमा लाइफस्टाईल (Ultima Lifestyle), मसल बलेज (Muscle Blaze), हाडा लाबो (Hada Labo), भ्यासलिन् (Vaseline), सेटाफिल (Cetaphil), गोल्डस्टार (Goldstar), वाउ स्किन साइन्स (WOW Skin Science), र जुभारा (Zuvara)। यसका साथै हाई फ्युचर (HiFuture), फिलिप्स (Phillips), फ्यान्सिरा (Fancyra), एडिडास (Adidas), मामाअर्थ (Mamaearth), पल्म (Plum), र फ्यान्टेकहरु (Fantech) दराज संग गोल्ड पार्टनर्सको रुपमा आवद्ध छन् । 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ११ : २७ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद