कामपाले छाडा गाईबाच्छा काञ्जी हाउसमा राख्ने | Khabarhub Khabarhub

कामपाले छाडा गाईबाच्छा काञ्जी हाउसमा राख्ने


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छाको व्यवस्थापन गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले कात्तिक २३ गतेदेखि महानगरको सडकमा भेटिएका छाडा गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका–७ स्थित कोपुगाउँमा रहेको काञ्जी हाउसमा राखिने जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । 

‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् । तिर्खा लागेका बेला पानी तथा बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ’, प्रमुख शाहले उल्लेख गरे । 

उनले काञ्जी हाउसमा लगिने चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको, हेरचाहका लागि दुई जना स्थानीयवासीलाई दैनिक ज्यालादारीमा राखिएको र दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा उपलब्ध गराइने जानकारी दिए । 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १२ : ४३ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु