मिथ्या सन्देशले समाज दूषित पार्दै छ, सचेत होऔँ : उपाध्यक्ष भुसाल « Khabarhub

मिथ्या सन्देशले समाज दूषित पार्दै छ, सचेत होऔँ : उपाध्यक्ष भुसाल


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताएकी छिन् । पछिल्लो समय प्रविधिमार्फत प्रवाह गरिने भ्रामक र मिथ्या हुने सन्देशले समाज दूषित बनाइरहेको उनको भनाइ छ ।

दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण कार्यक्रममा उपाध्यक्ष भुसालले भनिन्, “जनताको सुसूचित हुने अधिकारमा आँच नआउने गरी प्रविधिको दुरुपयोग रोक्नुपर्छ, भ्रामक र मिथ्या सन्देश प्रवाह हुन दिनु हुँदैन ।” सामाजिक सञ्जालमार्फत भइरहेका अनर्गल प्रचारले समाज विकास र राजनीतिक व्यवस्था सुदृढ नहुने बताउँदै उनले भर्चुअल माध्यमबाट हुने गरेको अराजक अवस्थालाई नियन्त्रण गर्न सबै राजनीतिक दल एकमत भएको जानकारी दिइन् ।

लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई अवमूल्यन गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उपाध्यक्ष भुसालले भनिन्, “पटक–पटकको सङ्घर्ष र दशौँ हजारले जीवन समर्पण गरेर ल्याएको व्यवस्थालाई समृद्ध तुल्याउने हो, अझ सुदृढ बनाउने हो, दुत्कार्ने होइन ।” उनले महत्वपूर्ण पुस्तक बजारमा आउँदा सही इतिहास जनतासमक्ष पुग्ने विश्वास व्यक्त गरिन् ।

गोदावरी नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनले पछिल्लो समय जनतासँग जोडिएका पार्टी गलत र जनताभन्दा टाढा रहेका पार्टी राम्रो भन्ने भ्रम फैलिँदा अप्ठ्यारो अवस्था सिर्जना भएको बताए । उनले अफवाहरूलाई नियन्त्रण गर्नका लागि परिवर्तनका लागि योगदान गर्ने राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका वक्ताहरूले प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक समाजसेवी दीपेन्द्र श्रेष्ठको योगदानमा आधारित रहेको उल्लेख गर्दै राजनीतिक एवं सामाजिक रुपान्तरणमा उनले पुर्‍याएको योगदानको चर्चा गरेका थिए । पुस्तकमा दीपेन्द्रले राजनीतिक परिवर्तनमा पु¥याएको योगदानको चर्चा गरिनाका साथै उनले भोगेका र उनीप्रति विभिन्न राजनीतिक दल एवं सामाजिक व्यक्तिको दृष्टिकोण समेटिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १ : ३८ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको