मिथ्या सन्देशले समाज दूषित पार्दै छ, सचेत होऔँ : उपाध्यक्ष भुसाल | Khabarhub Khabarhub

मिथ्या सन्देशले समाज दूषित पार्दै छ, सचेत होऔँ : उपाध्यक्ष भुसाल


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताएकी छिन् । पछिल्लो समय प्रविधिमार्फत प्रवाह गरिने भ्रामक र मिथ्या हुने सन्देशले समाज दूषित बनाइरहेको उनको भनाइ छ ।

दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण कार्यक्रममा उपाध्यक्ष भुसालले भनिन्, “जनताको सुसूचित हुने अधिकारमा आँच नआउने गरी प्रविधिको दुरुपयोग रोक्नुपर्छ, भ्रामक र मिथ्या सन्देश प्रवाह हुन दिनु हुँदैन ।” सामाजिक सञ्जालमार्फत भइरहेका अनर्गल प्रचारले समाज विकास र राजनीतिक व्यवस्था सुदृढ नहुने बताउँदै उनले भर्चुअल माध्यमबाट हुने गरेको अराजक अवस्थालाई नियन्त्रण गर्न सबै राजनीतिक दल एकमत भएको जानकारी दिइन् ।

लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई अवमूल्यन गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उपाध्यक्ष भुसालले भनिन्, “पटक–पटकको सङ्घर्ष र दशौँ हजारले जीवन समर्पण गरेर ल्याएको व्यवस्थालाई समृद्ध तुल्याउने हो, अझ सुदृढ बनाउने हो, दुत्कार्ने होइन ।” उनले महत्वपूर्ण पुस्तक बजारमा आउँदा सही इतिहास जनतासमक्ष पुग्ने विश्वास व्यक्त गरिन् ।

गोदावरी नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनले पछिल्लो समय जनतासँग जोडिएका पार्टी गलत र जनताभन्दा टाढा रहेका पार्टी राम्रो भन्ने भ्रम फैलिँदा अप्ठ्यारो अवस्था सिर्जना भएको बताए । उनले अफवाहरूलाई नियन्त्रण गर्नका लागि परिवर्तनका लागि योगदान गर्ने राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका वक्ताहरूले प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक समाजसेवी दीपेन्द्र श्रेष्ठको योगदानमा आधारित रहेको उल्लेख गर्दै राजनीतिक एवं सामाजिक रुपान्तरणमा उनले पुर्‍याएको योगदानको चर्चा गरेका थिए । पुस्तकमा दीपेन्द्रले राजनीतिक परिवर्तनमा पु¥याएको योगदानको चर्चा गरिनाका साथै उनले भोगेका र उनीप्रति विभिन्न राजनीतिक दल एवं सामाजिक व्यक्तिको दृष्टिकोण समेटिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १ : ३८ बजे

चोरी गरेको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रातको समयमा चोरी गरेको आरोपमा

नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना पक्राउ

काठमाडौं- नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना

सशस्त्रको स्पेसल टास्क फोर्स तालिम सम्पन्न

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको आयोजनामा हुल तथा दङ्गा व्यवस्थापन

एनसेल प्रकरणमा कडा कारवाही गर्न गठबन्धन एकमत : प्रवक्ता सापकोटा

भक्तपुर– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद

पोलियोविरुद्धको खोप बहिष्कार गर्न पाकिस्तानका जातीय अगुवाको उर्दी, नत्र ५ लाख जरिवाना

इस्लामावाद- पाकिस्तानको उत्तरी वजिरिस्तानका जातीय अगुवाहरुले पोलियोविरुद्धको खोप अभियान बहिष्कार