काभ्रेपलाञ्चोक प्रशासनद्वारा सेवा प्रवाह र शान्ति सुरक्षाबारे स्थानीय तहसँग छलफल « Khabarhub

काभ्रेपलाञ्चोक प्रशासनद्वारा सेवा प्रवाह र शान्ति सुरक्षाबारे स्थानीय तहसँग छलफल


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रे- जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तहमा सेवा प्रवाह र शान्ति सुरक्षाका विषयमा छलफल थालेको छ । जिल्लास्थित १३ वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीय राजनीतिक दल तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग नागरिकता सिफारिस तथा अन्य सेवा प्रवाह, शान्ति सुरक्षालगायत विषयमा अन्तरक्रिया गरिने जनाइएको छ ।

पनौती नगरपलिकामा मङ्गलबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तह र प्रशासन कार्यालयबीचको सहकार्य र समन्वयमा सूचना संयन्त्र प्रभावकारी बनाउने, स्थानीय तहबाट गरिने सिफारिसमा एकरुपता कायम गर्ने, नागरिकता प्रदान गर्ने सम्बन्धमा भएका द्विविधालाई हटाउने र शान्तिसुरक्षा कामय गरी अपराध न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले छलफल गरिएको जानकारी दिइन् । उनले जिल्लाका अन्य स्थानीय तहमा पनि अभियानकै रुपमा यसलाई लैजाने बताइन् ।

“जिल्लाको १३ वटा तहको एक सय ३५ वडाका जनप्रतिनिधिसँग नागरिकतालगायत स्थानीय तहबाट हुने सेवा प्रवाह, सिफारिस तथा शान्तिसुरक्षाका बारेमा अन्तरक्रिया गर्दै जानेछौँ”, शर्माले भनिन् । उनका अनुसार नागरिकले स्थानीय तहबाट ल्याउने सिफारिसबाट जिल्ला प्रशासन कार्यालयले दिने सेवामा असुविधा हुन नपाओस्, सिफारिस गर्दा नागरिकलाई हुन सक्ने असहजताको समाधानका लागि अन्तरक्रियाको आवश्यकता देखिएको हो । दोहोरो नागरिकता लिने, वंशज तथा अन्य प्रकृतिको नागरिकता लिँदा विवरण झुटो बनाउन सक्ने भएकाले स्थानीय तहबाट सिफारिस हुँदा वडाअध्यक्षहरु सचेत रहनुपर्नेमा शर्माले जोड दिइन् ।

कार्यक्रममा प्रशासनबाट हुने सेवा प्रवाहमा नागरिकका गुनासा, विपद् व्यवस्थापन, सेवा प्रवाह तथा अन्य विषयका बारेमा जानकारी गराइएको उनले बताइन् । पनौती नगरप्रमुख रामशरण भण्डारीले कानुन बनाउने अधिकार स्थानीय तहमा भए पनि त्यसको कार्यान्वयन जिल्ला प्रशासनले गर्ने भन्दै स्थानीय तह र प्रशासनबीचको सहकार्यले सेवा थप प्रभावकारी हुने बताए ।

नगर उपप्रमुख गीता बञ्जाराले नागरिकले प्रशासनबाट पाउने सेवालाई अझै सहजीकरण र सरलीकरण गर्नुपर्ने उल्लेख गर्दै स्थानीय तहबाट गरिने सिफारिस स्वार्थरहित हुनुपर्नेमा जोड दिइन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालले पनौती नगरको शान्तिसुरक्षाको अवस्थाबारे जानकारी दिँदै अपराधलगायत जुवातास नियन्त्रणमा प्रहरी प्रतिबद्ध रहेको बताए ।

छलफलमा नगरका वडाध्यक्षले नागरिकता सिफारिस गर्दाका व्यावहारिक कठिनाइका विषयमा प्रश्न गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट नागरिकता सिफारिस र प्राप्तिका विभिन्न पक्षबारे प्रस्तुति गरिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  २ : ०२ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु