राम्रो काम गरेकाले विरोध हुन थाल्यो; सय दिनमा १०७ दिन काम गरेको छु : स्वास्थ्यमन्त्री बस्नेत | Khabarhub Khabarhub

राम्रो काम गरेकाले विरोध हुन थाल्यो; सय दिनमा १०७ दिन काम गरेको छु : स्वास्थ्यमन्त्री बस्नेत


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेकाले आफ्नो विरोध हुन थालेको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित बहुक्षेत्रीय पोषण कार्यक्रमको दोस्रो चरणको सिकाई तथा उपलब्धिको समीक्षा कार्यक्रममा मन्त्री बस्नेतले समाजमा राम्रो काम गर्न नसकेकाहरुले विरोध र गाली गर्ने गरेको भन्दै त्यसको परवाह नगरी कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताए ।

उनले १६ वर्षदेखि रोकिएको स्वास्थ्य रणनीतिहरुलाई आफू मन्त्रालयमा आएपछि पास गरेको र रणनीति अनुसार काम गर्ने वातावरण बनेको दाबी गरे । मन्त्री बस्नेतले १ सय दिनमा १०७ दिन काम गरेकाले नै प्रधानमन्त्रीबाट प्रशंसा पाएकोसमेत बताए । उनले सबैको सहकार्यमा स्वास्थ्य क्षेत्रलाई सुधार गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विश्व स्वास्थ्य दिवसका अवसरमा रंगशालामा भव्य कार्यक्रम गर्ने तयारी गरिरहेको पनि जानकारी दिए । कार्यक्रममा मन्त्री बस्नेतले चार महिनाकी गर्भवती नवीना शाहीलाई पोषण सामग्री प्रदान गरेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  २ : १६ बजे

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं – पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ

कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन

मोरङ– कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज  प्रदेश प्रमुख परशुराम

कोशी प्रदेश सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष

अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिग्रिँदै गएको मुलुकको अर्थतन्त्र

स्ववियु कप २०८१ को उपाधि नेपाल कमर्स क्याम्पसलाई   

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको स्ववियु परिचालन विभागले