कोरियाका लागि नेपाल आकर्षक लगानी गन्तव्य हो : अध्यक्ष ढकाल « Khabarhub

कोरियाका लागि नेपाल आकर्षक लगानी गन्तव्य हो : अध्यक्ष ढकाल


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिएका छन् ।

आज आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलनका लागि नेपालमा कोरियाली लगानी आवश्यक भएको उनले बताए ।

ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटीजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिने भन्दै अध्यक्ष ढकालले यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको पनि उल्लेख गरे ।

नेपालमा तीन सय ५० भन्दा बढी कोरियाली उद्यम रहेका जानकारी दिँदै उनले कोरियाका लागि नेपाल एक आकर्षक लगानी गन्तव्य भइसकेको पनि स्पष्ट गरे।

नेपालमा अत्याधुनिक कोरियाली प्रविधि भित्र्याएर नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको उपयोगबाट लाभ लिन सकिने अध्यक्ष ढकालको सुझाव थियो ।

अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा कोरियालाई दक्षिण एसिया क्षेत्रकै व्यापारमा सहयोग पुग्ने र नेपालले विकासोन्मुख देशका रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न कोरियासँगको साझेदारी महत्वपूर्ण हुने तर्क गरे ।

केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको जानकारी दिँदै औपचारिक र सहज बैकिङ्ग कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्ने हुँदा त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन उनको आग्रह थियो ।

अध्यक्ष ढकालले कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरू रहेका भन्दै कोरियाली लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउन आग्रह गरे ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ४ : १४ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई