मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान १४ मंसिरबाट सुरु गर्ने एमालेको निर्णय « Khabarhub

मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान १४ मंसिरबाट सुरु गर्ने एमालेको निर्णय


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले मंसिर १४ गते देखि तीन साता लामो मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको हो । पहाडको बिकासको समस्या पहिचान गरि समृद्धिलाई अघि बढाउने अभियानको मूख्य लक्ष्य भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै सामाजिक सद्भाव बढाउदै एकता कायम गर्ने र निराशाको खेती मौलाउने प्रवृतिलाई दूर गर्न अभियान केन्द्रीत हुने उनले बताए । मध्यपहाडी लोकमार्ग पदयात्रामा परिचालनको निर्णय गर्न आगामी मंसिर ६ गते काठमाडौंमा केन्द्रीय कमिटीको छैटौ बैठक गर्ने निर्णय बैठकले गरेको उनले बताए ।

बैठकले जाजरकोट भूकम्पका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ । भूकम्पका कारण घरबास गुमाएकाहरुको अस्थायी बसोबासको व्यवस्था गर्न मंसिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक अभियान सञ्चालन गर्ने निर्णय गरेको ज्ञवालीले बताए । उनले प्रभावित क्षेत्रमा राहत बितरण गर्ने क्रममा राजनीतिकरण देखिएकाले पारदर्शी, निष्पक्ष र प्रभावकारी रुपमा राहत अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

बैठकले माघ मसान्तभित्र सम्पन्न गर्ने भनिएको पार्टी जिल्ला अधिवेशन जेठ मसान्तभित्र गर्न सक्ने गरि निर्णय गरिएको ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ४ : ३१ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला