पर्यटन मन्त्रालय मातहतका निकायबाट भूकम्पपीडितलाई सहयोग « Khabarhub

पर्यटन मन्त्रालय मातहतका निकायबाट भूकम्पपीडितलाई सहयोग


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा रू चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो ।

मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।

सहयोग रकम जम्मा गर्नेहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरण रू एक करोड, नेपाल वायुसेवा निगम रू पच्चीस लाख, पर्यटन बोर्ड रू ५० लाख, पशुपति क्षेत्र विकास कोष रू २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण सङ्घ रू एकतीस लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टर रू एघार लाख एघार हजार एक सय ११, कैलाश हेलिकप्टर रू दश लाख रहेका छन् ।

त्यस्तै क्यासिनो मोजाङ रू पाँच लाख, क्यासिनो मोजाङ नेपालगञ्ज रू पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौँ रू पाँच लाख, क्यासिनो वेलिज काठमाडौँ रू पाँच लाख, क्यासिनो प्राइड काठमाडौँ रू पाँच लाख, क्यासिनो प्यालेस काठमाडौँ रू पाँच लाख, क्यासिनो प्यालेस झापाले रू पाँच लाख पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ४ : ४२ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त