एकदिवसीय वरीयताः बाबरलाई पछि पार्दै गिल शीर्ष स्थानमा « Khabarhub

एकदिवसीय वरीयताः बाबरलाई पछि पार्दै गिल शीर्ष स्थानमा


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट टोलीका ओपनर सुभमन गिल एकदिवसीय क्रिकेटको ब्याट्सम्यान वरियतामा शीर्ष स्थानमा उक्लेका छन् । पाकिस्तानी कप्तान बाबर आजमलाई पछि पार्दै उनी शीर्ष स्थानमा उक्लीएका हुन् ।

यस वर्ष एकदिवसीय क्रिकेटमा गिलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले २६ खेलमा १४४९ रन बनाएका छन् । यस्तै विश्वकपको सुरुवातमा डेंगुको शिकार भएका गिलले ६ वटा इनिङ्स खेल्दै २१९ रन बनाएका छन् ।

गित एक दिवसीय क्रिकेटको ब्याटिङतर्फ शीर्ष स्थानमा पुग्ने भारतको चौथो खेलाडी हुन् । यसअघि सचिन तेन्दुल्कर, महेन्द्र सिंह धोनी र विराट कोहली शीर्ष स्थानमा पुगेका थिए ।

यस्तै पाकिस्तानी कप्तान बाबर आजम भने दोस्रो स्थानमा झरेका छन् । यसअघि बाबर वरियताको शीर्ष स्थानमा थिए । तेस्रो वरीयतामा दक्षिण अफ्रिकाका क्विन्टन डि कक छन् ।

जारी विश्वकपमा दुई शतक र चार अर्धशतक बनाएपछि कोहली अहिले वरियताको चौथो स्थानमा उक्लेका छन् । भारतीय कप्तान रोहित शर्मा भने छैटौं स्थानमा छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ५ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको