क्रिकेट

एकदिवसीय वरीयताः बाबरलाई पछि पार्दै गिल शीर्ष स्थानमा

By खबरहब

November 08, 2023

काठमाडौं – भारतीय क्रिकेट टोलीका ओपनर सुभमन गिल एकदिवसीय क्रिकेटको ब्याट्सम्यान वरियतामा शीर्ष स्थानमा उक्लेका छन् । पाकिस्तानी कप्तान बाबर आजमलाई पछि पार्दै उनी शीर्ष स्थानमा उक्लीएका हुन् ।

यस वर्ष एकदिवसीय क्रिकेटमा गिलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले २६ खेलमा १४४९ रन बनाएका छन् । यस्तै विश्वकपको सुरुवातमा डेंगुको शिकार भएका गिलले ६ वटा इनिङ्स खेल्दै २१९ रन बनाएका छन् ।

गित एक दिवसीय क्रिकेटको ब्याटिङतर्फ शीर्ष स्थानमा पुग्ने भारतको चौथो खेलाडी हुन् । यसअघि सचिन तेन्दुल्कर, महेन्द्र सिंह धोनी र विराट कोहली शीर्ष स्थानमा पुगेका थिए ।

यस्तै पाकिस्तानी कप्तान बाबर आजम भने दोस्रो स्थानमा झरेका छन् । यसअघि बाबर वरियताको शीर्ष स्थानमा थिए । तेस्रो वरीयतामा दक्षिण अफ्रिकाका क्विन्टन डि कक छन् ।

जारी विश्वकपमा दुई शतक र चार अर्धशतक बनाएपछि कोहली अहिले वरियताको चौथो स्थानमा उक्लेका छन् । भारतीय कप्तान रोहित शर्मा भने छैटौं स्थानमा छन् ।