एमाले जिल्ला अधिवेशनको समय थप « Khabarhub

एमाले जिल्ला अधिवेशनको समय थप


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेकपा एमालेले जिल्ला अधिवेशन गर्ने समय ४ महिना थप गर्ने निर्णय गरेको छ।

आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी जेठ मसान्तसम्म जिल्ला अधिवेशनको समयावधि थप गर्ने निर्णय गरेको हो।

सचिवालय बैठकले मंसिर ६ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। आसन्न केन्द्रीय कमिटीको बैठकमा एमालेले मंसिर १४ गतेबाट सुरु हुने मध्यपहाडी लोकमार्ग विशेष अभियानलाई प्रभावकारी र नतिजामूलक बनाउन आवश्यक कार्य तय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

यस्तै एमालेले पूर्वको चिवाभञ्ज्याङदेखि पश्चिमको झुलाघाटसम्म ३ हप्ता लामो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ५ : ५८ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल