फारवेष्ट पशुपति कप फुटबल मंसीरमा हुने | Khabarhub Khabarhub

फारवेष्ट पशुपति कप फुटबल मंसीरमा हुने


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

धनगढी – छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मंसीर २२ गतेदेखि आयोजना हुने भएको छ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक फारवेष्ट पशुपति युवा क्लबले प्रतियोगिता मंसीर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएको हो। पाचौं संस्करणको आयोजनापछि तीन वर्ष रोकिएको प्रतियोगिताको छैठौं संस्करण मंसीर २२ गतेदेखि २९ गतेसम्म धनगढी रङ्गशालामा हुने भएको हो।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए। प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्। सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ।

धनगढी रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबका सचिव ललित मिश्रले जानकारी दिए। उनका अनुसार प्रतियोगिता आयोजनामा झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको लागि आयोजक क्लबले प्रायोजक तथा प्रबद्र्धकको खोजी गरिरहेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ६ : ५२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग