लुम्बिनीका कर्मचारीले भूकम्प पीडितलाई तीन दिनको तलब सहयोग गर्ने « Khabarhub

लुम्बिनीका कर्मचारीले भूकम्प पीडितलाई तीन दिनको तलब सहयोग गर्ने


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले भूकम्प पीडितलाई राहात दिने भएका छन्। भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका प्रभाविक क्षेत्रका लागि राहत रकम दिने भएका हुन्।

कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए।

प्रमुख सचिवको अध्यक्षतामा बसेको सचिव स्तरिय निर्णय अनुसार ११औं तह वा सो भन्दा माथिका कर्मचारीले तीन दिनको तलव, अधिकृत छैठौंदेखि दशौं तह वा सो सरहसम्मका कर्मचारीले दुई दिनको तलव र सहायक स्तर र तह विहीन कर्मचारीले एक दिनको तलव भूकम्प पीडितका लागि उपलब्ध गराउने भएका हुन्।

उक्त रकम कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन्। गत शुक्रबार गएको भूकम्पले कर्णाली प्रदेशको जाजरकोट, रुकुम पूर्व, सल्यान जिल्लामा माननीय तथा भौतिक क्षेति पुर्‍याएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ६ : ५७ बजे

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन