सङ्खुवासभामा रगत अभाव भएपछि पत्रकारद्वारा रक्तदान « Khabarhub

सङ्खुवासभामा रगत अभाव भएपछि पत्रकारद्वारा रक्तदान


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको सदरमुकाम अस्पतालमा रगत अभाव भएको छ । अस्पतालमा रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।

जिल्लामा रगत अभाव भएपछि प्रेस सेन्टर र प्रेस युनियन सङ्खुवासभाले आज सदरमुकाममा संयुक्त रक्तदान आयोजना गरेका हुन् । रगत अभावपछि रक्तदान गर्न नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभाले रक्तदान गर्न अनुरोध गरेको थियो । सङ्खुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन् ।

चाडपर्वका कारण जिल्लामा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न विभिन्न सङ्घ संस्थासँग अनुरोध गरेको थियो । दसैँ, तिहार र छठजस्ता चाडपर्वको समयमा रगत अभाव भएकाले रक्तदानका लागि अनुरोध गरिएको नेपाल नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभाकी कर्मचारी लक्ष्मी कार्कीले बताए । यसअघि रगत अभाव नभए पनि चाडपर्वमा बजारमा रगत अभाव भएको उनको भनाइ छ ।

चाडपर्वले दाताको सङ्ख्या घटेका कारण जिल्लामा रगत अभाव भएपछि संयुक्तरुपमा रक्तदान गरिएको प्रेस सेन्टर नेपाल सङ्खुवासभाका अध्यक्ष अनिष विष्टले बताए । रक्तदान कार्यक्रममा १५ जना बढीले रक्तदान गरेका छन् ।

विसं २०५३ मा नेपाल रेडक्रस सोसाइटीले आकस्मिक रक्त सञ्चार सेवा भनेर स्थापना गरेको भए पनि यसले ब्लड गु्रप छुट्याउने र दाता खोज्ने गर्दछ । जिल्लामा ब्लड बैंक नहुँदा तत्कालै शल्यक्रिया गर्नुपर्ने, गर्भवती र गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्ने गरेका छन् ।

जिल्ला अस्पताल खाँदबारीले सङ्खुवासभा र भोजपुरको उत्तर क्षेत्र र धनकुटा जिल्लाका नागरिकलाई सेवा पु-याउँदै आएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : २४ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी