सङ्खुवासभामा रगत अभाव भएपछि पत्रकारद्वारा रक्तदान « Khabarhub

सङ्खुवासभामा रगत अभाव भएपछि पत्रकारद्वारा रक्तदान


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको सदरमुकाम अस्पतालमा रगत अभाव भएको छ । अस्पतालमा रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।

जिल्लामा रगत अभाव भएपछि प्रेस सेन्टर र प्रेस युनियन सङ्खुवासभाले आज सदरमुकाममा संयुक्त रक्तदान आयोजना गरेका हुन् । रगत अभावपछि रक्तदान गर्न नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभाले रक्तदान गर्न अनुरोध गरेको थियो । सङ्खुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन् ।

चाडपर्वका कारण जिल्लामा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न विभिन्न सङ्घ संस्थासँग अनुरोध गरेको थियो । दसैँ, तिहार र छठजस्ता चाडपर्वको समयमा रगत अभाव भएकाले रक्तदानका लागि अनुरोध गरिएको नेपाल नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभाकी कर्मचारी लक्ष्मी कार्कीले बताए । यसअघि रगत अभाव नभए पनि चाडपर्वमा बजारमा रगत अभाव भएको उनको भनाइ छ ।

चाडपर्वले दाताको सङ्ख्या घटेका कारण जिल्लामा रगत अभाव भएपछि संयुक्तरुपमा रक्तदान गरिएको प्रेस सेन्टर नेपाल सङ्खुवासभाका अध्यक्ष अनिष विष्टले बताए । रक्तदान कार्यक्रममा १५ जना बढीले रक्तदान गरेका छन् ।

विसं २०५३ मा नेपाल रेडक्रस सोसाइटीले आकस्मिक रक्त सञ्चार सेवा भनेर स्थापना गरेको भए पनि यसले ब्लड गु्रप छुट्याउने र दाता खोज्ने गर्दछ । जिल्लामा ब्लड बैंक नहुँदा तत्कालै शल्यक्रिया गर्नुपर्ने, गर्भवती र गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्ने गरेका छन् ।

जिल्ला अस्पताल खाँदबारीले सङ्खुवासभा र भोजपुरको उत्तर क्षेत्र र धनकुटा जिल्लाका नागरिकलाई सेवा पु-याउँदै आएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : २४ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै