दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा भूकम्पपीडितलाई सर्वोच्चका न्यायाधीशले सात दिनको तलब सहयोग गर्ने, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान १४ मंसिरबाट सुरु गर्ने एमालेको निर्णय,पूर्वमन्त्री आलमविरूद्धको मुद्दामा बहस नोट पेस गर्न अदालतको आदेश, उपप्रधानमन्त्री खड्काA राहत सामग्रीसहित जाजरकोटमा, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान १४ मंसिरबाट सुरु गर्ने एमालेको निर्णय, जाजरकोट भूकम्पबारे प्रधानमन्त्रीलाई रास्वपाको १४ बुँदे सुझावलगायतका समाचारले प्रमुख स्थान पाए ।

भूकम्पपीडितलाई सर्वोच्चका न्यायाधीशले सात दिनको तलब सहयोग गर्ने

सर्वोच्च अदालतले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।

प्रधानन्यायाधीशको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूले सात दिनको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको हो ।

मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान १४ मंसिरबाट सुरु गर्ने एमालेको निर्णय

नेकपा (एमाले)ले मंसिर १४ गते देखि तीन साता लामो मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको हो । पहाडको बिकासको समस्या पहिचान गरि समृद्धिलाई अघि बढाउने अभियानको मूख्य लक्ष्य भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

लेकसाइड क्षेत्रका व्यापार व्यवसाय २४ सै घन्टा खुल्ने

उच्च अदालत पोखराले लेकसाइड क्षेत्रका व्यापार व्यवसाय २४ सै घन्टा खोल्न आदेश दिएको छ । मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानूनविपरीतको कार्य भएको अवस्थामा बाहेक कानूनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको हो ।

गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा ठमेल, दरवारमार्ग, पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको भनी देवीकुमारी बरालले अन्तरिम आदेश समेतको माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर निवेदन दिएकी थिइन् ।

पूर्वमन्त्री आलमविरूद्धको मुद्दामा बहस नोट पेस गर्न अदालतको आदेश

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेस गर्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ ।

बुधबार अन्तिम बहस सकिएपछि फैसलाअघि अदालतले आलमको मुद्दामा बहस नोट मागेको हो।

लुम्बिनीका कर्मचारीले भूकम्प पीडितलाई तीन दिनको तलब सहयोग गर्ने

लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले भूकम्प पीडितलाई राहात दिने भएका छन्। भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका प्रभाविक क्षेत्रका लागि राहत रकम दिने भएका हुन्।

कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए।

विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि वक्यौता असुलीलाई अझै सशक्त बनाइने बताउनुभयो । असूलउपर गर्नुपर्ने विद्युत् महशुल बक्यौता बृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन् ।

उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित जाजरकोटमा

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुगेका छन्।

भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैँ राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुगेका हुन्।

पर्यटन मन्त्रालय मातहतका निकायबाट भूकम्पपीडितलाई सहयोग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा रू चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो ।

मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान १४ मंसिरबाट सुरु गर्ने एमालेको निर्णय

नेकपा (एमाले)ले मंसिर १४ गते देखि तीन साता लामो मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको हो । पहाडको बिकासको समस्या पहिचान गरि समृद्धिलाई अघि बढाउने अभियानको मूख्य लक्ष्य भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

जाजरकोट भूकम्पबारे प्रधानमन्त्रीलाई रास्वपाको १४ बुँदे सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारलाई १४ बुँदे सुझाव दिएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनले आफ्नो १४ सुझावसहितको निवेदन बुझाएका हुन्।

लामिछानेले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्याउन र गुणस्तरीय त्रिपाल लैजान सुझाव दिएका छन्। यसैगरी भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको २ दिनमै आफ्नो जोहो गर्न आफैँ संघर्षरत रहेको पाएको भन्दै उनले यसका कारण जनता निराश भएको उल्लेख गरेका छन् ।

भूकम्पपीडितका लागि प्राधिकरणद्वारा एक करोड प्रदान

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले दिए ।

आइएफआरसीद्वारा भूकम्पपीडितलाई १० करोड सहयोग

रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल १० करोड सहयोग उपलब्ध गराएको छ ।

स्वीजरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपत् प्रतिकार्य आपतकालीन कोष (डिआरइएफ)मार्फत् नेपाल रेडक्रस सोसाइटीलाई सो रकम उपलब्ध गराएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ९ : ०१ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी