व्यास नगरपालिकाद्वारा भूकम्पपीडितलाई पाँच लाख सहयोग « Khabarhub

व्यास नगरपालिकाद्वारा भूकम्पपीडितलाई पाँच लाख सहयोग


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ – व्यास नगरपालिकाले जाजरकोट भूकम्पपीडितका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।

व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । भूकम्प पीडितको राहत सहयोगका लागि नगरपालिकाको विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै यस नगरपालिकाभित्र पनि भूकम्पको धक्काका कारण केही घर भत्किन गएको सूचना प्राप्त भएकाले नगरवासीलाई सुरक्षित रहन, कुनै विपद्जन्य अवस्था आइपरेमा नगरपालिकालाई सूचित गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले व्यास नगरपालिकाअन्तर्गत जग्गा वर्गीकरण एवं सडक मापदण्ड निर्धारण कार्यविधि, २०८० पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । व्यास नगरपालिका दलित समन्वय समितिसम्बन्धी कार्यविधि, २०८० र नगरपालिकाबाट सम्पादित कार्यको विवरण तयारी निर्देशिका, २०८० पारित गरेको छ ।

व्यास नगरपालिका मानसिक स्वास्थ्य सम्बन्धी नीति पारित गर्ने र व्यास नगरपालिका वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७८ लाई संशोधन गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्रका सञ्चालित खानेपानीका केही मूल दर्ता भएको नदेखिँदा तीन महिनाभित्र मूल दर्ताका लागि सूचना दिन निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : २२ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ