सामाजिक सद्भाव र एकताका निम्ति एमालेको अभियान « Khabarhub

सामाजिक सद्भाव र एकताका निम्ति एमालेको अभियान


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने उद्देश्यले नेकपा (एमाले)ले मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्गकेन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ गर्ने भएको छ ।

एमालेको आजको सचिवालय बैठकले राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले १५ दिने अभियान आयोजना गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

अभियान बैतडीको झुलजवाघाटबाट मध्यपहाडी लोकमार्गकेन्द्रित हुनेछ । बैतडीको झुलाघाटमा पार्टी अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।

उपमहासचिव ज्ञवालीले अभियानबाट पहाडबाट भइरहेको तीव्र बसाइँसराइँका कारणको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनमा सहयोग, पार्टी स्थापनाको ७५औँ वर्ष समारोहमा संस्थापक महासचिव पुष्पलालको स्मृतिमा निर्मित लोकमार्ग केन्द्रित अभियानबाट इतिहास र अग्रजहरूको सम्मान, राष्ट्र सबल र समृद्ध बन्छ भन्ने आत्मविश्वासमा अभिवृद्धि, जनसम्बन्ध विस्तार र जनगुनासो एवं जनताका सुझाव सङ्कलन र स्थानीय सम्बन्ध तथा राष्ट्रिय सन्देश मिल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ९ : ५५ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’