विश्वकप क्रिकेटमा इंग्ल्यान्डको दोस्रो जित « Khabarhub

विश्वकप क्रिकेटमा इंग्ल्यान्डको दोस्रो जित


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ । बुधबार नेदरल्यान्ड्सलाई १६० रनले पराजित गर्दै इंग्ल्यान्डले दोस्रो जित निकालेको हो । यो जितसँगै च्याम्पियन्स ट्रफिका लागि छनोट हुने इंग्ल्यान्डको सम्भावना कायमै रहेको छ ।

पुनेमा ३ सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्स ३७.२ ओभर १ सय ७९ रन बनाएर अलआउट भयो । उसका लागि तेजा निदामनुरुले सर्वाधिक ४१ रन बनाए । यस्तै स्कट एडवार्ड्सले ३८ र वेल्सी बरेसीले ३७ रन बनाए ।

बलिङतर्फ इंग्ल्यान्डका मोइन अली र अदिल रसिदले ३–३ विकेट लिए।

त्यसअघि इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३९ रन बनाएको थियो । उसका लागि बेन स्टोक्सले ८४ बलमा १ सय ८ रन बनाए । ओपनर डाविड मालनले पनि ७४ बलमा ८६ रनको महत्त्वपूर्ण योगदान दिए । भने त्रिस बक्सले ४५ बलमा ६१ रन बनाए । नेदरल्यान्ड्सका बास डी लिडले ३ विकेट लिए।

 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १० : १८ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई