बागमती प्रदेशले भ्रमण वर्ष मनाउने | Khabarhub Khabarhub

बागमती प्रदेशले भ्रमण वर्ष मनाउने


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती प्रदेश सरकारले सन् २०२४ लाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने भएको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जाजरकोट भूकम्प प्रभावितका लागि राहत उपलब्ध गराउने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले बताए ।

बैठकले सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने, प्रदेशका केही उपसचिवलाई प्रदेश सचिवमा (अधिकृतस्तर एघारौँ तह) बढुवा गरी नियुक्ति र पदस्थापन गर्ने, प्रदेश प्रमुखको कार्यालय सवलीकरण गर्ने, उपसभामुखको अष्ट्रेलिया भ्रमणका लागि मनोनयन गरी सरकारी प्रवेशाज्ञाका लागि सिफारिस गर्ने र पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्तामन्त्री श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १० : ३३ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ