मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी त्रिभुवन आर्मीलाई « Khabarhub

मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी त्रिभुवन आर्मीलाई


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको कोहलपुरमा सञ्चालित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधी त्रिभुवन आर्मीले हात पारेको छ । आज भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च ब्वाइजलाई २–० ले गोेल गर्दै त्रिभुवन आर्मीले उपाधी जितेको हो ।

विजेता त्रिभुवन आर्मीले रु आठ लाख नगद र दोस्रो स्थानमा आएको चर्च ब्वाइज क्लबले रु चार लाख नगद पुरस्कार प्राप्त गरेको आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए । उनका अनुसार त्रिभुवन आर्मीका खेलाडीले खेल सुरु भएको ३२औँ मिनेटमा सराज श्रेष्ठले गोल गरेका थिए भने दोस्रो हापको ७६औँ मिनेटमा मानबहादुर आलेमगरले गोल गरेका थिए ।

त्रिभुवन आर्मीका खेलाडी आलेमगरलाई म्यानअफ द म्याज घोषणा गरियो । उनलाई रु पाँच हजार प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टङ्क बस्नेतलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर गोल्डकपलाई संस्थागत बनाउन सङ्घीयदेखि स्थानीय सरकारको सहयोग हुने बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १० : ४५ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने