व्यापार विविधीकरणमा आर्थिक मुद्दाको पहिचान गर्नुपर्छ « Khabarhub

व्यापार विविधीकरणमा आर्थिक मुद्दाको पहिचान गर्नुपर्छ

'आर्थिक कूटनीतिमा खुला सीमानाका सबल पक्षलाई पनि हेर्नुपर्छ'



हाम्रो व्यापारमा सुरक्षा पनि पर्छ। सुरक्षाको कुरामा हाम्रो मुद्दा के हो ? पहिला त्यो पत्ता लगाउनुपर्छ। त्यो मुद्दा पत्ता नलगाई जति नै छलफल गरे पनि समाधान हुँदैन। पूर्वाधारका कुरामा हाम्रा पूर्वाधार बन्न सकेका छैनन्। त्यो देख्दा असाध्यै अल्छी लाग्छ। उत्तरतर्फ नाकाहरू बिस्तारै खोल्दै छौँ। दक्षिणतर्फ त पहिले नै समायोजन गरिसकेको छौँ। तर त्यसको सुधार उत्साहजनक नभए पनि विस्तार र सुधार हुँदै गएका छन्।

आयातमा आधारित राजश्वबाट हाम्रो बजेट चलाउनु पर्ने अवस्था छ। त्यसले गर्दा हामी निरन्तर तस्करीमा छौँ भन्ने लाग्छ। खुला सीमा भएपछि तस्करी रोक्नुपर्छ। त्यसले राजश्व संकलनमा पार्ने असरलाई सकारात्मक रूपमा क्यास गर्नुपर्छ। तर त्योबाहेक हामीले हाम्रो व्यापारमा विविधता ल्याउन कति अभ्यास गरेका छौँ भनेर पनि हेर्नुपर्छ।

आयातमा आधारित राजश्वबाट हाम्रो बजेट चलाउनु पर्ने अवस्था छ। त्यसले गर्दा हामी निरन्तर तस्करीमा छौँ भन्ने लाग्छ। खुला सीमा भएपछि तस्करी रोक्नुपर्छ। त्यसले राजश्व संकलनमा पार्ने असरलाई सकारात्मक रूपमा क्यास गर्नुपर्छ।

हामीले भारतमा कुन उत्पादन बेच्ने, चाइनालाई कुन उत्पादन बेच्ने त्यस्तै इस्लामवाद कोलम्बोसँग त हाम्रो केही पनि छैन। एक महिलाले नेपालको उत्पादन छ भन्नु भएको थियो। तर खोई हामीले के उत्पादन पाकिस्तानलाई बेचेका छौँ ?

उनीहरूको यहाँ लेबर फ्याक्ट्री खोल्ने चाहना थियो। हाम्रोमा भैँसीको छाला छ। त्यसमा उनीहरूलाई हामीले स्वागत नगरेको जस्तो अवस्था आएको छ। बङ्गलादेशमा पनि धनकुटादेखि बन्दा जान्छ। हामीसँग धेरै कुरा छन्। हामीले व्यापारमा विविधिकरण गर्नुपर्छ। अहिले सुपारी र पाम तेलको कथा पनि त्यही हो। नौ अर्बको ल्याउने, कर तिर्ने अनि भारत निर्यात गर्ने।

बङ्गलादेशमा पनि धनकुटादेखि बन्दा जान्छ। हामीसँग धेरै कुरा छन्। हामीले व्यापारमा विविधिकरण गर्नुपर्छ।

हामीले आफैलाई सम्बोधन गर्नुपर्दछ। कसरी रोजगारी सिर्जना गर्ने, कसरी उद्योगमा आधारित बनाउने, कसरी शक्ति पहिचान गर्ने ? त्यो गर्याैँ भने गरिब मान्छे एक पोका सुपारी लगेर रातमा एक बोलत बियर खानको लागि पैसा कमाउन आतुर हुँदैनन्। त्यसैले हामीले मुल मुद्दाको पहिचान गर्नुपर्छ जस्तो लाग्छ।

समग्रमा नेपालको सीमापार सम्बन्धमा अहिलेको सहमति हेर्दा पूर्वाधारको शुद्धता जसले गर्दा हामीले दिन दिनै दुःख पाइराखेका छौँ। बलियो बनाउन र स्थानीय जनताको पुस्तकालयको बारेमा सोच्दै गर्दा र स्थानीयले पारिपट्टी गएर दैनिक उपभोग हुने सामग्री ल्याउनुपर्छ। कतिपय बालबालिका त बोर्डर पारी गएर पनि पढ्छन्। त्यसैले सीमा खुला भएर त्यसको सबल पक्षलाई पनि हामीले लिनुपर्छ।

कतिपय बालबालिका त बोर्डर पारी गएर पनि पढ्छन्। त्यसैले सीमा खुला भएर त्यसको सबल पक्षलाई पनि हामीले लिनुपर्छ।

भारतले एक पटक चिया रोक्यो, राजदूतलाई हाम्रो चिया बाहिर प्रयोग गराउन सकिन्छ भनेर सोधेको थिएँ। उहाँहरूले हुन्छ हामी प्रयास गर्छौँ भन्नु भएको थियो। त्यसैले बजारमा विश्वास पनि छ। तस्करी भयो भनेर सीमा बन्द गर्यो भने हामीसँग बजारबाट पैसा नै आउँदैन। हाम्रा मानिसहरू अरबमा गएका छन्। उनीहरुका परिवार गाउँबाट सहरमा आएर साना पसल थापेका छन्। त्यो लखेट्दा हामीले धेरै दुःख देख्यौँ। त्यसैले सबै मुद्दालाई समेटेर अगाडि जानुपर्छ।

(आईएसएसआर र खबरहबको आयोजनामा भएको ‘आर्थिक कूटनीति र सीमा सुरक्षा विषयक अन्तरक्रिया’ कार्यक्रममा नेपाली सेनाका पूर्व सहायकरथी सुरेशराज शर्माले राख्नु भएको धारणाको सम्पादित अंश)

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : ४५ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट