महिनावारी हुँदा किन पेट दुख्छ ? | Khabarhub Khabarhub

महिनावारी हुँदा किन पेट दुख्छ ?


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

सामान्यतया किशोरी अवस्थामा पुगेपछि महिनावारी सुरु हुन्छ। शारीरिक परिवर्तन र विकासमध्ये महिनावारी पनि एक हो। महिनावारी हुँदा तल्लो पेट दुख्नु सामान्य नै मानिन्छ। तर, सबै महिलामा पेट दुखाइको किसिम सामान्य खालको हुँदैन। कसैलाई त्यो पीडा असह्य किसिमको हुन्छ। त्यस्तो समस्या महिनावारीकै कारण मात्रै नभएर पाठेघरमा समस्या भएर वा ट्युमरका कारणले पनि भएको हुनसक्छ। असामान्य तरिकाले पेट दुख्यो भने उपचार गर्नुपर्ने विशेषज्ञको भनाइ छ। महिनावारी हुँदा पेट किन दुख्छ ? यो समस्याबाट कसरी बच्ने ? लगायत विषयमा महिला रोग विशेषज्ञ डा.विना विष्टसँग खबरहबका लागि पवन भुडभरीले गरेको कुराकानीको सम्पादित अंशः

महिनावारी हुँदा पेट किन दुख्छ?
यो हर्मोनका कारणले हुन्छ। सामान्यतया सबै किशोरीलाई पेट दुख्ने समस्या हुन्छ। कसैकसैलाई औषधि पनि खानुपर्ने हुन्छ। बढ्दो उमेरसँगै पेट दुख्ने समस्या भयो भने यो कुनै रोगको कारणले पनि हुनसक्छ। ट्युमर भयो भने पनि महिनावारीको समयमा पेट दुख्छ।

सामान्यतया महिनावारीमा सबै किशोरीलाई पेट दुख्ने समस्या हुन्छ। कसैकसैलाई औषधि खानुपर्ने हुन्छ। बढ्दो उमेरसँगै पेट दुख्ने समस्या भयो भने अस्पताल गएर जाँच गर्नुपर्छ ।

महिनावारीमा हुने कस्तो खालको पेट दुखाई सामान्य र कस्तो असामान्य हो?
महिनावारी भएको एक दुई दिन सामान्य दुखाई भयो भने त्यसलाई सामान्य मानिन्छ। यो समस्या भएपछि आराम गर्नुपर्छ । सामान्य समस्या तातो पानी र सिटामोल खाएपछि सन्चो हुन्छ। त्यो सामान्य भयो। कसैकसैलाई चाहिँ धेरै दुख्छ। धेरै समस्या भए खोप नै लाउनुपर्ने अवस्था हुनसक्छ। त्यो पाठेघरमा संक्रमण या ट्युमर पलाएर पनि भएको हुनसक्छ। यो असामान्य हुनसक्छ।

महिनावारीमा हुने पेट दुखाई कम गर्न विभिन्न किसिमका औषधिको सेवन गर्ने चलन छ। यो कत्तिको उपयुक्त हो?
दुखाई कम गर्न सामान्य औषधिहरु खाँदा असर गर्दैन। यदि उसलाई अन्य कुनै रोग छ भने चिकित्सकको सुझाव अनुसार मात्र औषधि खानुपर्छ।

महिनावारीमा हुने पेट दुखाई कम गर्न कस्तो किसिमको खानपान र व्यवहार हुनुपर्छ?
पेट दुखेको समयमा खानपानमा विशेष ध्यान दिनुपर्छ। पेट दुखेको समयमा चिल्लो पिरो खायौं भने त्यसले दुखाई बढाउन सक्छ। त्यसैले नर्मल खाना खानुपर्छ। तातो तथा झोलिलो पदार्थ बढी मात्रामा खानुपर्छ। पेट दुख्यो भनेर त्यही सोचेर बस्नु हुँदैन। सकिन्छ भने हिँडडुल गर्नुपर्छ। सक्रिय भएमा दुखाई विस्तारै कम भएर जान्छ।

महिनावारी भएको एक दुई दिन सामान्य दुखाई भयो भने त्यसलाई सामान्य मानिन्छ। यो समस्या भएपछि आराम गर्नुपर्छ । सामान्य समस्या तातो पानी र सिटामोल खाएपछि सन्चो हुन्छ।

महिनावारीमा हुने पेट दुखाइले प्रजनन क्षमतामा असर गर्छ कि गर्दैन ?
सामान्य दुखाइले त प्रजनन क्षमतामा असर गर्दैन। तर पहिले दुखाई थिएन। अहिले पेट धेरै नै दुखेको भए प्रजननलाई पनि असर पारेको हुनसक्छ। त्यसैले पाठेघरमा केही समस्या छ कि भनेर पत्ता लगाउनु आवश्यक छ।

कस्तो अवस्थामा अस्पताल जानुपर्छ ?
सामान्य दुखाई भए एक दुई दिनमा आफै निको भएर जान्छ। त्यो अवस्थामा अस्पताल जानु पर्दैन। तर असामान्य तरिकाले दुख्छ भने सहेर बस्नु हुँदैन। एक पटक जचाउँदा रोग देखिएमा समयमै उपचार हुन्छ। केही छैन सामान्य नै हो भने आफूलाई ढुक्क हुन्छ।

दुखाई कम गर्न सामान्य औषधि खाँदा असर गर्दैन। यदि उसलाई अन्य कुनै रोग छ भने चिकित्सकको सुझाव अनुसार मात्र औषधि खानुपर्छ।

यसमा वंशाणुगत असर कत्तिको हुन्छ ?
वंशाणुगत असर पनि हुनसक्छ। तर वंशाणुगतकै कारणले भएको हो भन्ने हुँदैन। यो हर्मोनको कारणले हुने समस्या हो।

यो समस्या बच्चा जन्मिएपछि आफै निको हुन्छ भनिन्छ नि ?
हो, कसैकसैको पाठेघर एकदमै टाइट हुन्छ। बच्चा गर्भमा बसेर जन्मिसकेपछि विस्तारै लुज हुन्छ। त्यसपछिको महिनावारीमा पेट दुखाई अलि कम हुन्छ। तर सबैको त्यस्तै हुन्छ भन्ने हुँदैन। त्यसैले सामान्य भन्दा बढी दुखिरहेको छ भने चिकित्सकसँग परामर्श लिनु आवश्यक छ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : ५९ बजे

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी