ओलम्पिक र खेलकुद संघमा मनोमानी | Khabarhub Khabarhub

ओलम्पिक र खेलकुद संघमा मनोमानी


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

नेपाली खेलकुदमा मनोमानी र आफू अनुकूल निर्णयको खराब प्रचलनको असर नेपाल ओलम्पिक कमिटीमा अझ बढी देखिएको छ। यसरी गरिने निर्णयमा ओलम्पिक स्कलरसिप प्रोग्राम, अन्तर्राष्ट्रिय सहभागिता र राष्ट्रिय संघलाई आबद्धता लगायत विषयमा ओलम्पिक कमिटीको कुनै प्रस्ट नीति छैन। लामो समयदेखि ओलम्पिक खेलकुदमा सहभागी खेल पनि नेपाल ओलम्पिक कमिटीमा आबद्ध हुन सकेका छैनन्।

ओलम्पिकमा समावेश हुँदै आएका रोइङ, इक्वेस्ट्रीयन, बेसबल तथा सफ्ट बल लगायत संघ नेपाल ओलम्पिक कमिटीमा आबद्ध छैन। यी मध्य नेपाल बेसबल तथा सफ्ट बल संघ पछिल्लो समय सक्रिय संघको रूपमा परिचित छ।

स्केट बोर्डिङ, रग्बी, स्क्वास, क्रिकेट र डान्स स्पोर्ट पनि ओलम्पिक कमिटीमा आबद्ध छैनन्। यी मध्ये स्केट बोर्डिङ टोकियो ओलम्पिकमा समावेश थियो। स्क्वास र क्रिकेट सन् २०२८ को लस एन्जलस ओलम्पिकमा समावेश हुने भएका छन्।

ओलम्पिकमा समावेश हुँदै आएका रोइङ, इक्वेस्ट्रीयन, बेसबल तथा सफ्ट बल लगायत संघ नेपाल ओलम्पिक कमिटीमा आबद्ध छैन। यी मध्य नेपाल बेसबल तथा सफ्ट बल संघ पछिल्लो समय सक्रिय संघको रूपमा परिचित छ।

मोर्डन पेन्टाथलन पनि ओलम्पिकमा आबद्ध छैन। गत ओलम्पिकमा नै प्रवेश पाएको स्पोर्ट्स क्लाइम्बिङ पनि ओलम्पिकमा आबद्ध छैन। कर्लीङ, इस्पोर्ट्स र ल्याक्रोस पनि आबद्ध छैनन्। नेपाल स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले पनि मनोमानी भएको स्वीकार गरेका छन्।

आश्चर्य त के भने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ प्रतिनिधित्व गर्ने नेपाल स्की खेल शीतकालीन ओलम्पिकमा मात्र छ। गृष्मकालीन ओलम्पिकमा छैन। कतिपय ओलम्पिक कमिटीमा हालीमुहाली गर्ने संघ अध्यक्ष रहेको संघ भन्दा ओलम्पिक कमिटीले मान्यता नदिएको खेल संघको सक्रियता छ। ओलम्पिक कमिटीको नेतृत्वदायी भूमिकामा रहेका धेरै संघमा खेलाडीको असन्तुष्टि पनि त्यत्तिकै छ।

आश्चर्य त के भने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ प्रतिनिधित्व गर्ने नेपाल स्की खेल शीतकालीन ओलम्पिकमा मात्र छ। गृष्मकालीन ओलम्पिकमा छैन।

ओलम्पिक कमिटीमा नेतृत्वदायी भूमिकामा रहेकाहरू आफ्नै संघमा भने विरोधको सामना गरी रहेका छन्। यसमा उपाध्यक्ष चतुरानन्द राज वैद्यको वैधानिकताको विषयमा कानुनी प्रश्न उठेको छ। नेपाल ब्याडमिन्टन संघ त्यत्तिकै विवादमा परेको छ। संघले गरेको साधारण सभा अवैधानिक भन्दै राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले मान्यता दिएका छैनन्।

यत्ति मात्र होइन, ओलम्पिक स्कलरसिप कार्यक्रममा खेलाडी छनोट र प्रशिक्षक छनोटमा मनोमानीको आरोप विगतमा नै लाग्ने गरेको थियो। यस विषयमा सबै भन्दा बढी विवाद तेक्वान्दो संघमा देखिएको थियो।

ओलम्पिक स्कलरसिप कार्यक्रम पारदर्शी नभएको आरोप सो खेलमा पनि लागेको थियो। नेपाल ब्याडमिन्टन संघ अहिले आन्तरिक द्वन्द्वमा फसेको छ। ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राज वैद्य अध्यक्ष नेपाल टेबल टेनिस संघ त लामो समयदेखि राष्ट्रिय प्रतियोगिता समेत गर्न असमर्थ छ। यस्ता उदाहरण खेल क्षेत्रमा थुप्रै छन्।

ओलम्पिक स्कलरसिप कार्यक्रम पारदर्शी नभएको आरोप सो खेलमा पनि लागेको थियो। नेपाल ब्याडमिन्टन संघ अहिले आन्तरिक द्वन्द्वमा फसेको छ।

ह्यान्डबल संघको समस्या उस्तै

समस्या नेपाल ह्यान्डबल संघमा पनि छ। राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको विश्व बम मल्लको नेतृत्वलाई ओलम्पिक कमिटीले अस्वीकार गरेको कारण तेज गुरुङको अध्यक्षतामा रहेको अर्को संघ पनि छ।

गुरुङ नेतृत्वको संघ अहिले ओलम्पिक कमिटीमा आबद्ध छ। दुवै संघको महासचिव भने सन्देश रेग्मी छन्।

नेपाल उसु महासंघको सवालमा विवाद बढाउने काममा ओलम्पिक कमिटीका अधिकारीकै संलग्नता देखिएको छ। लामो समय कुनै काम नगरेको वीर बहादुर तामाङ नेतृत्वको संघलाई राष्ट्रिय खेलकुद परिषद्ले विघटन गरेर विघटित संघले साधारण सभा गर्दा पनि विवाद बढाउने काम ओलम्पिक कमिटीले गरेको छ।

विघटनपछि गठन भएको जनक बर्तौलाको नेतृत्वको महासंघले साधारण सभासमेत गरेको छ। सो महासंघको विरुद्धमा उच्च अदालत पाटनमा परेको रिट पनि खारेज भइसकेको छ। यसका बाबजुद ओलम्पिक कमिटीले तामाङ नेतृत्वलाई निरन्तरता दिएको छ।

तामाङ नेतृत्वको संघले कुनै राष्ट्रिय प्रतियोगिता समेत आयोजना गर्न नसकेको र खेल विकासका लागि कुनै महत्त्वपूर्ण काम गर्न नसकेको भन्दै परिषद्ले विघटन गरेको थियो।

विघटनपछि गठन भएको जनक बर्तौलाको नेतृत्वको महासंघले साधारण सभासमेत गरेको छ। सो महासंघको विरुद्धमा उच्च अदालत पाटनमा परेको रिट पनि खारेज भइसकेको छ। यसका बाबजुद ओलम्पिक कमिटीले तामाङ नेतृत्वलाई निरन्तरता दिएको छ।

बर्तौला नेतृत्वको महासंघका महासचिव नवराज ढुङ्गाना ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठसँग संवादको क्रममा रहेको तथा राष्ट्रिय खेलकुद परिषद्का संरक्षक एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्राचार गरी सकेको बताउँछन्।

उसुको विवादमा युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुसमेत मुछिएका छन्। नेपालमा बढेको उसुको विवादको विषयलाई लिएर मन्त्री लिम्बुले विश्व उसु महासंघलाई पत्राचार गरेपछि अख्तियार दुरुपयोगको मुद्दाको तयारी भएको समेत ढुङ्गानाले बताए।

दुई वर्ष अघि नेपाल तेक्वान्दो संघले वीरबहादुर महराको नाममा आएको ओलम्पिक स्करलसीपको रकम नदिएको भन्दै मुख्य प्रशिक्षक नवीन श्रेष्ठले विद्रोह गरेका थिए।

विवाद र विकृति यत्तिमा सीमित छैन। ओलम्पिक सोलीडारिटी कोर्सको अवसर ती खेलमा पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले प्रदान गर्ने भए पनि ती रकम र सुविधा कसरी प्रयोग हुन्छन्, निश्चित छैन।

दुई वर्ष अघि नेपाल तेक्वान्दो संघले वीरबहादुर महराको नाममा आएको ओलम्पिक स्करलसीपको रकम नदिएको भन्दै मुख्य प्रशिक्षक नवीन श्रेष्ठले विद्रोह गरेका थिए।

विद्रोहपछि नवीन अहिले तेक्वान्दोको मूलधारबाट बाहिर छन्। तेक्वान्दो मात्र होइन धेरै खेलमा ओलम्पिक स्कलरसिप प्रोग्राममा मनोमानी रहेको र लायक खेलाडी सिफारिस नभएको गुनासो धेरै खेलकर्मीको छ। यसै विषयमा तेक्वान्दो मुख्य प्रशिक्षक श्रेष्ठले नै आवाज उठाएका थिए।

तेस्रो विश्वका लागि विश्व समुदायले निश्चित कार्यक्रम राखे पनि नेपालमा त्यस्ता कार्यक्रम विरलै आउने गरेका छन्। नेपालमा ओलम्पिक कमिटीमा हाली मुहाली गर्ने नेतृत्व रहेका धेरै खेलका खेलाडीको प्रदर्शन पनि अन्तर्राष्ट्रिय तहमा एकदमै कमजोर रहने गरेको छ।

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ अहिले सबैसँग निवेदन माग भएको तथा उनीहरूको काम हेरेर निर्णय गर्ने बताउँछन्। परन्तु राष्ट्रिय खेलकुद परिषद्ले आयोजना बृहद राष्ट्रिय खेलकुद बाहेक राष्ट्रिय च्याम्पियनसिपको आयोजना धेरै संघले गर्ने गरेका छैनन्। ‘हामीले गर्न सचेत गराउने हो। त्यसो भएमा हटाउने प्रावधान छैन,’ श्रेष्ठले भने।

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ अहिले सबैसँग निवेदन माग भएको तथा उनीहरूको काम हेरेर निर्णय गर्ने बताउँछन्। परन्तु राष्ट्रिय खेलकुद परिषद्ले आयोजना बृहद राष्ट्रिय खेलकुद बाहेक राष्ट्रिय च्याम्पियनसिपको आयोजना धेरै संघले गर्ने गरेका छैनन्।

श्रेष्ठको यो दाबीका बाबजुद नेपाल ओलम्पिक कमिटीमा प्रभाव जमाएका धेरै खेल संघको गतिविधि शून्य अवस्थामा छ। संघले कुनै कार्यक्रम आयोजना गरेको छैन। धेरै संघको वार्षिक क्यालेन्डर समेत छैन।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको पूर्व निर्देशिका पनि नेपालका अधिक खेलका छैनन्। वर्षौँदेखि महत्त्वपूर्ण गतिविधि नगरेरै खेलकुदमा हाली मुहाली धेरै संघ नेतृत्व नै अहिले ओलम्पिक कमिटीको जिम्मेवार तहमा छन्।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : १६ बजे

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र

क्रिकेटर सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको

लगानीका लागि आशयपत्र आह्वान गर्न लागिएका २० परियोजना यस्ता छन्

काठमाडौं– आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०